मर्सिडिज र फरारी कार भन्दा पनि महँगो छ यो टायर, सबैभन्दा महँगो कुन ? हेर्नुहोस्

सन् २०१६ मा जेड टायरले विश्वको सबैभन्दा महँगो टायर बनाएको थियो । यसमा २४ क्यारेट सुन र हिरा जडान गरिएको थियो । यद्यपि यी टायर कहिल्यै प्रयोगमा ल्याइएन । दुबईमा भएको रिफेन व्यापार मेलामा सो टायर करिब ४ करोडमा लिलामी भएको थियो ।

लेटरनियोन एल २३५० टायरको मूल्य करिव ७० लाख रुपैयाँ पर्छ । यसको चारवटै टायरको मूल्य करिब २ करोड ७० लाख रुपैयाँ पर्छ । सो टायरको उचाइ १४ फिट र परिधि ४ मिटर छ । यसको वजन लगभग ६ टन छ ।

क्याटरपिलर ७९७ टायरमा लगभग ४७ नट हुन्छ । यसलाई मिशेलिन कम्पनीले बनाएको हो र यसको तौल करिब ५.३ टन छ । एउटा टायरको मूल्य करिब ४५ लाख रुपैयाँ पर्छ ।

केही महँगो टायर बुगाटी भेरोन जस्ता सुपर लक्जरी कारमा प्रयोग गरिन्छ । यो टायर फ्रान्सेली कम्पनी मिशेलिनले बनाउँछ । यो टायरको मूल्य करिब ४३ लाख रुपैयाँ रहेको छ ।

तौलको हिसाबले सबैभन्दा भारी टायर स्पेस शटलमा प्रयोग हुने टायर हुन् । यसको तौल ५६ टन हुन्छ र यो एकपटक मात्र प्रयोग गरिन्छ । यसमा नाइट्रोजन भरिएको हुन्छ । एक पटक प्रयोग गरे पछि सो टायर रिटायर हुन्छ । यसको मूल्य ६ लाख ५० हजार रुपैयाँ पर्छ ।

फायरस्टोन र गुडइयरद्वारा निर्मित मुन्सवाटर ट्रक टायरको उचाई ११ फिट र चौडाइ १२ फिटको हुन्छ । यसको तौल ४.५ टन हुन्छ । यसको मूल्य प्रत्येक टायरको ११ लाख रुपैयाँ जति हुन्छ ।

सम्बन्धित समाचारहरू

वर्षायाममा कति हुनुपर्छ कारको टायर प्रेसर ? अधिकांश ड्राइभरलाई थाहा नभई हुन्छ दुर्घटना

वर्षायाममा कति हुनुपर्छ कारको टायर प्रेसर ? अधिकांश ड्राइभरलाई थाहा नभई हुन्छ दुर्घटना

मनसुन सुरु भइसकेको छ । मनसुनमा गाडी चलाउँदा विशेष सावधानी अपनाउनु आवश्यक...

जन्मदिनमा पुटिनलाई ट्र्याक्टर उपहार

जन्मदिनमा पुटिनलाई ट्र्याक्टर उपहार

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो ७०औँ जन्म दिनमा अनौठो उपहार...

सिएटले ल्यायो इलेक्ट्रिक कारका लागी विशेष प्रकारको टायर, आवाज कम गर्न सहयोगी

सिएटले ल्यायो इलेक्ट्रिक कारका लागी विशेष प्रकारको टायर, आवाज कम गर्न सहयोगी

भारतिय टायर उत्पादक कम्पनी सिएटले इलेक्ट्रिक कारका लागी विशेष प्रकारको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...