नेक्सन फेसलिफ्टमा हुनेछन् यी नयाँ फिचर, अर्को महिना लन्च हुने

टाटा मोटर्सले आफ्नो सर्बाधिक सफल एसयूभी नेक्सनको फेसलिफ्ट ल्याउने तयारीलाई तिव्र बनाएको छ । अर्को महिना लन्च हुने अनुमान गरिएको सो एसयूभीमा थप हुन लागेका नयाँ फिचरलाई कम्पनीले सार्वजनिक गरेको छ । नेक्सन फेसलिफ्टमा मुख्यतः ३६० डिग्री क्यामेरा, नयाँ एलइडी डिआरएल र फ्रन्ट पार्किङ सेन्सल लगायत फिचर थप हुने कम्पनीले जनाएको छ ।

सो एसयूभीको फेसलिफ्टलाई कम्पनीले १० भन्दा वढी ट्रिममा उपलब्ध गराउने अनुमान गरिएको छ । हाल उपलब्ध नेक्सन ६ ट्रिममा बिक्री हुँदै आएको छ भने रेगुलर मोडलसहित यसको ४ स्पेसल एडिसन बजारमा उपलब्ध छ । कम्पनीले यसको डार्क, काजिराङ्गा, जेट र रेड डार्क नाममा स्पेसल एडिसन बिक्री गर्दै आएकोमा फेसलिफ्ट पनि यी एडिसनमा उपलब्ध हुनसक्ने संभावना देखिएको छ ।

नेक्सन फेसलिफ्टमा ह्यारियर र सफारीमा जस्तै दुईवटा १०.२५ इन्चको टचस्क्रिन र डिजिटल इन्स्ट्रयूमेन्ट क्लस्टर उपलब्ध हुनेछन् । यसैगरी नयाँ टु स्पोक स्टेरिङ ह्विल, सवै भेरिएन्टमा न्यूनतम ६ वटा एयरव्याग, एलइडी डिआरएलसहितको एलइडी हेडल्याम्प र मल्टि ड्राइभ मोड लगायत फिचर दिन लागिएको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचारहरू

नयाँ टाटा पन्च फेसलिफ्ट २०२६ को सुरुवातमा लन्च गर्ने तयारी

नयाँ टाटा पन्च फेसलिफ्ट २०२६ को सुरुवातमा लन्च गर्ने तयारी

टाटाले आफ्नो नयाँ पन्च फेसलिफ्ट २०२६ को सुरुवातमा लन्च गर्ने अपेक्षा...

अटोमोबाइल कम्पनीमा सीईओे राख्ने ट्रेन्ड बढ्दो, यी हुन् हालका चर्चित सीईओे

अटोमोबाइल कम्पनीमा सीईओे राख्ने ट्रेन्ड बढ्दो, यी हुन् हालका चर्चित सीईओे

नेपालमा प्रायः बैंक तथा वित्तीय संस्थाहरुमा मात्र सीईओे अर्थात प्रमुख...

जेनजी आन्दोलनमा जलेको थापाथलीस्थित टाटा शोरुम सञ्चालनमा

जेनजी आन्दोलनमा जलेको थापाथलीस्थित टाटा शोरुम सञ्चालनमा

काठमाडौं– गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा परेको टाटा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...