‘मनसुन राइड अफर’, जावा र येज्दीको बाइक खरिदमा विशेष छुट

अग्नी ग्रुपको सहायक कम्पनी तथा क्लासिक लेजेन्ड्सको आधिकारिक वितरक अग्नी मोटोइंकले जावा तथा येज्दी मोटरसाइकलहरूमा 'मनसुन राइड अफर' सार्वजनिक गरेको छ।

यो योजनाअन्तर्गत जावा तथा येज्दी मोटरसाइकल किन्दा ग्राहकहरूले कम ब्याजदरमा सजिलो फाइनान्स अथवा एसेसरिजसहित राइडिङ गियर पाउने कम्पनीले जनाएको छ।

योजना अनुसार ग्राहकले मोटरसाइकल खरिद गर्दा ५० प्रतिशत डाउन पेमेन्टमा दुई वर्षको अवधिमा जम्मा ५.५ प्रतिशत ब्याजदर मात्र लाग्नेछ। यदी ग्राहकले नगदमै खरिद गर्ने हो भने एसेसरिज सहित सम्पूर्ण राइडिङ गियर पाउनेछन्। अथवा, उक्त एसेसरिज र राइडिङ गियर बराबरको रकम नगद छुट पाउन सक्नेछन‍्।

ग्राहकले हरेक मोटरसाइकलको खरिदमा निःशुल्क हेलमेट र एक वर्षको रोड ट्याक्स पनि पाउनेछन्।

कम्पनीका अनुसार हाल जावा ब्रान्ड अन्तर्गत फोर्टी-टू, जावा र पेराक मोडेलका मोटरसाइकलहरू उपलब्ध छन् भने येज्दी ब्रान्डअन्तर्गत रोडस्टर, स्क्राम्बलर र एड्भेन्चर मोडेलहरू उपलब्ध छन्।

जावा ब्रान्ड सन् २०२० मा सार्वजनिक भएको हो भने येज्दी ब्रान्ड हालसालै नेपालमा सार्वजनिक भएको हो। यी सबै मोटरसाइकलहरू तीन सयदेखि ३३४ सिसीसम्मका छन् भने आफ्नो सेग्मेंटमा सबैभन्दा बढी पावर र टर्क प्रदान गर्ने मोडल हुन्।

यो मनसुन राइड अफर जावा र येज्दीका सबै सोरुमहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ। विशेष अफर सिमित अवधिका लागि मात्र लागू हुने समेत कम्पनीले जनाएको छ।

सम्बन्धित समाचारहरू

हुलास फिनसर्भले साधारण सेयर निकाल्ने

हुलास फिनसर्भले साधारण सेयर निकाल्ने

काठमाडौँ – हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले सर्वसाधारणमा प्राथमिक...

भदौ १ देखि लागू हुने गरी अटो लोनको नयाँ दर सार्वजनिक

भदौ १ देखि लागू हुने गरी अटो लोनको नयाँ दर सार्वजनिक

काठमाडौं – बैंकहरुले भदौ १ देखि लागू हुने गरी नयाँ दर सार्वजनिक गरेका छन् ।...

मेड इन नेपाल हुन्डाई भेन्युमा आकर्षक अफर, ६.९९% ब्याजदर, १० वर्ष निःशुल्क सर्भिसिङ

मेड इन नेपाल हुन्डाई भेन्युमा आकर्षक अफर, ६.९९% ब्याजदर, १० वर्ष निःशुल्क सर्भिसिङ

काठमाडौं – नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...