ब्याज नलाग्ने स्किममा सेगवे स्कुटर

सेगव स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता आई हव प्रालिले फाइनान्स अफर ल्याएको छ । कम्पनीले सेगवेका इलेक्ट्रीक स्कुटहरु एक्सचेन्ज सुविधा सहित शून्य प्रतिशत ब्याजदरमा किन्न सकिने स्कीम ल्याएको हो ।

यस योजना अन्तर्गत ग्राहकले शून्य प्रतिशत डाउनपेमेन्ट सम्ममा स्कुटर किन्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकले आफ्नो आम्दानी अनुसार डाउन पेमेन्ट गरेर स्कुटर खरिद गर्न सक्नेछन् । ग्राहकले यो योजनामा १८ महिनाको किस्ता अवधिमा सबै मूल्य चुक्ता गर्नुपर्ने हुन्छ ।

यसैगरी स्कुटरको खरिदमा रेनकोट, स्कुटर कभर, १ वर्षको रोड ट्याक्स तथा हेलमेट प्रदान गरिनेछ । यसमा १ वर्षको वार्षिक मर्मत खर्चसमेत कम्पनीले निःशुल्क उपलब्ध गराउने जनाएको छ ।

कम्पनीको यो स्कीममा एनआइसी एसिया र माछापुच्छ्रे बैंकले कर्जा उपलब्ध गराउने समझदारी भएको छ । कम्पनीले हाल नेपाली बजारमा सेगवेका ४ मोडलका स्कुटर विक्री वितरण गर्दै आएको छ भने बिक्रीपछिको सेवा तथा पार्ट्स उपलब्ध गराउँदै आएको छ ।

सम्बन्धित समाचारहरू

नेपालका लागि प्रस्थान ग-यो लिप मोटरको लक्जरी इलेक्ट्रिक एसयभी सी१०

नेपालका लागि प्रस्थान ग-यो लिप मोटरको लक्जरी इलेक्ट्रिक एसयभी सी१०

काठमाडौं – लिप मोटरले आफ्नो लक्जरी इलेक्ट्रिक एसयभी सी१० को ढुवानी एकै पटक...

नेपालमा पनि हाइड्रोजन गाडी चलाउन पाइने कानुन बन्दै

नेपालमा पनि हाइड्रोजन गाडी चलाउन पाइने कानुन बन्दै

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई वर्षअघि...

होन्डाको पहिलो इलेक्ट्रिक बाइक डब्ल्युएन७ बजारमा प्रवेश

होन्डाको पहिलो इलेक्ट्रिक बाइक डब्ल्युएन७ बजारमा प्रवेश

होन्डाले आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकल डब्ल्युएन७ प्रस्तुत गरेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...