चिनीयाँ सस्ता ईभीले अमेरिकाको तनाव बढ्दो, प्रतिस्पर्धा गर्न छैन ठोस रणनिती

चीनले सस्तो मूल्यमै नयाँ प्रविधी र अत्याधुनिक विशेषतायुक्त ईभी उत्पादन गरेर विश्व बजारलाई नै आफ्नो पकडमा ल्याउन थालेपछि अमेरिका सवैभन्दा वढी तनावमा परेको छ । विश्वको देस्रो ठूलो कार बजार अमेरिकामा सिमित ब्रान्डले मात्र इभी उत्पादन गरिरहेका छन् भने यसरी उत्पादन भएका ईभीको मूल्य निकै महंगो परिरहेको छ ।

उता विश्वको सवैभन्दा ठूलो कार बजार चीनले भने नयाँ नयाँ स्टार्ट–अप कम्पनीमार्फत ईभीको उत्पादन र बजारीकरणलाई युद्धस्तरमै अघि बढाइरहेको छ । चीन अहिले विश्व बजारमा इभी निर्यात गर्ने राष्ट्रहरुको सूचीमा निकै ठूलो हिस्सा सहित पहिलो स्थानमा रहँदै आएको छ । चीनमा उत्पादन भएका ईभीले यूरोप र एसियाको बजार लगभग कब्जा गरिसकेको छ भने विस्तारै अमेरिकन राष्ट्रहरुमा समेत पहुँच वढाइरहेको छ ।

लामो समयदेखी व्यापार युद्ध गरिरहेका यी दुई शक्तिशाली राष्ट्रहरु अहिले ईभीको बजारलाई लिएर एकआपसमा भिडिरहेका छन् । दुवै राष्ट्र कसरी हुन्छ यो नयाँ प्रविधीको बजारलाई आफ्नो पकडमा ल्याउने भन्नेमा चिन्तित देखिन्छन् । अमेरिकाले चिनीयाँ इभीको गतीलाई रोक्न आफ्नो सवैजसो अस्त्र प्रयोग गर्दै आएको छ । तरपनि मूल्यकै कारण उसले चीनियाँ इभीको गतीमा ब्रेक लगाउन भने सकिरहेको छैन ।

चिनीयाँ इभीको प्रभाव रोक्न अमेरिकाले हाल चीनबाट आयत हुने सवै प्रकारका सवारीसाधनको आयतमा २७.५ प्रतिशत कर लगाउँदै आएको छ । उच्च करका कारण निकै प्रयास गरेपनि अमेरिकामा सवारीसाधन निर्यात गरेर बिक्री बढाउन चीनले सकिरहेको छैन । आयतित सवारीलाई निस्तेज पार्न अमेरिकन सरकारले इभीमा सहुलियत समेत दिँदै आएको छ । तरपनि उपभोक्ताले भने इभीको मूल्य महंगो परेको भन्दै विरोध जनाइरहेका छन् । यसरी विरोध जनाउनेहरुले चिनीयाँ इभीको मूल्यलाई दाँजेर हेर्ने गरेका छन् ।

अहिले अमेरिकामा इलेक्ट्रिक कारको औषत मूल्य ५५ हजार डलर हाराहारी रहेको छ भने सवैभन्दा सस्तो इभी सेभी वोल्टलाई २७ हजार डलर पर्छ । जवकी चीनमा २७ हजार डलरमा निकै विलासी र सुविधासम्पन्न ईभी खरिद गर्न सकिन्छ । चिनीयाँ ईभी निर्माता बीवाइडी, ग्रेटवाल र गीली लगायत ब्रान्डले अहिले चीनमा मात्र नभई यूरोपेली बजारमा समेत राम्रो प्रभाव पारिरहेका छन् ।

चिनीयाँ इभीको बढ्दो रफ्तारलाई उच्च करको सायहतामा सधैंभर नियन्त्रण गर्न नसकिने अमेरिकाले निष्कर्ष निकालिसकेको छ । साथै उसको गतीलाई कसरी रोक्न सकिन्छ भनेर ठोस रणनिती समेत अमेरिकन अटो निर्माताले बनाउन सकिरहेको छैन । यस्तो अवस्थामा अमेरिका अहिले चिनीयाँ ईभीको बढ्दो प्रभावलाई लिएर तनाव झेल्दै वसिरहेको छ ।
एजेन्सिको सहयोगमा

सम्बन्धित समाचारहरू

नियूको एक्सचेन्ज क्याम्पेन आजदेखी शुरु, नगद छुट र अतिरिक्त एक्सचेन्ज मूल्यांकन पाइने

नियूको एक्सचेन्ज क्याम्पेन आजदेखी शुरु, नगद छुट र अतिरिक्त एक्सचेन्ज मूल्यांकन पाइने

इलेक्ट्रिक स्कुटर नियूले आजदेखी एक्सचेन्ज क्याम्पेन आयोजना गरेको छ ।...

चार महिनामा ३ हजार २०३ युनिट ईभी भित्रिए, बाइक तथा स्कुटरको आयात २५ प्रतिशतले वृद्धि

चार महिनामा ३ हजार २०३ युनिट ईभी भित्रिए, बाइक तथा स्कुटरको आयात २५ प्रतिशतले वृद्धि

काठमाडौं–चालू आर्थिक वर्षको चार महिनाको अवधिमा ३ हजार २०३ युनिट विद्युतीय...

प्रोटोन इमास ७ द्वारा २१ दिने नेपाल भ्रमण पूरा, मार्च २१ मा लन्च गरिने

प्रोटोन इमास ७ द्वारा २१ दिने नेपाल भ्रमण पूरा, मार्च २१ मा लन्च गरिने

काठमाडौं – जगदम्बा मोटर्सले प्रोटोन इमास ७ को सातवटै प्रदेशहरू पार गर्दै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...