जीडब्ल्युएमका गाडीमा फाइनान्स सुविधा उपलब्ध गराउन एभरेष्ट बैंकसँग सहकार्यको घोषणा

काठमाडौं – नेपालमा जीडब्ल्युएम अर्थात ग्रेटवाल मोटर्सका सवारी साधन बिक्री–वितरण गरिरहेको भीजी इम्पेक्सले सवारी साधन फाइनान्सिङका लागि एभरेष्ट बैंकसँग सहकार्यको घोषणा गरेको छ ।

जीडब्ल्युएमका आईसीई सवारीसाधनहरु हाभल जोलायन, हाभल एच६, पावर र विङ्गल तथा इलेक्ट्रिक गाडी ओरा ०३ लगायतका विभिन्न प्रकारका सवारी साधनहरूको वित्तीय (फाइनान्सिङ) सुविधाका लागि सो सम्झौता गरिएको हो ।

उक्त सम्झौतामा आज भीजी इम्पेक्स (जीडब्ल्युएम नेपाल) का भाइस प्रेसिडेन्ट रुपेश शर्मा भट्ट र एभरेष्ट बैंक लिमिटेडका उप–महाप्रबन्धक गौरव कुमारले हस्ताक्षर गरे ।

जीडब्ल्युएमका कुनै पनि सवारीसाधन खरिद गर्न चाहने ग्राहकहरुलाई सहज रिटेल फाइनान्सिङ अनुभव प्रदान गर्नेे उद्देश्यका साथ यो सहकार्य गरिएको बताइएको छ । यसले ग्राहकहरुलाई प्रतिस्पर्धी ब्याजदर, डाउन पेमेन्ट र कर्जा अवधि सहित विभिन्न प्याकेजहरू उपलब्ध गराउने लक्ष्य राखेको छ, जुन ग्राहहरुले आफ्नो आवश्यकताहरुको आधारमा छनौट गर्न सक्छन् ।

एभरेष्ट बैंकले अधिकतम ७ वर्षको अवधिको लागि उत्कृष्ट ब्याजदर सहितको अधिकतम ८० प्रतिशत सम्म ऋण उपलब्ध गराउने छ । ३ वर्ष सम्मको कर्जा अवधिको लागि न्युनतम प्रभावकारी ब्याजदर १०.८० प्रतिशत रहने छ ।

त्यसैगरी जीडब्ल्युएमका इलेक्ट्रिक गाडी (ईभी) को लागि ब्याजदर बेसरेटमा २ प्रतिशत अर्थात ११.३० प्रतिशत रहने छ ।

जीडब्ल्युएमका आईसीई मोडलको गाडीको लागि ब्याजदर बेसरेटमा २.५० प्रतिशत थप अर्थात ११.८० प्रतिशत रहने छ ।

यी वाहेक अन्य विभिन्न प्रक्रियाका लागि समेत विभिन्न छुट उपलब्ध गराउने बताइएको छ ।

ग्राहकहरूले अटो कर्जाको लागि आवश्यक कागजातहरू सहित नजिकैको एभरेष्ट बैंक शाखामा गएर आवेदन दिन सक्नेछन् ।

सम्बन्धित समाचारहरू

क्रेटा ईभीको रेन्ज २५ किमी सम्म बढ्ने, सर्भिस सेन्टरमा सम्पर्क गर्न हुन्डाई नेपालको आग्रह

क्रेटा ईभीको रेन्ज २५ किमी सम्म बढ्ने, सर्भिस सेन्टरमा सम्पर्क गर्न हुन्डाई नेपालको आग्रह

काठमाडौं – नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी...

जीहो एक्सचेन्ज एन्ड अपग्रेड मेनिया हुने, इलेक्ट्रिक स्कुटर साट्न सकिने

जीहो एक्सचेन्ज एन्ड अपग्रेड मेनिया हुने, इलेक्ट्रिक स्कुटर साट्न सकिने

काठमाडौं – सीएफ मोटो तथा जीहो ब्रान्डको नेपालका लागि आधिकारिक वितरक ऋषि...

बीवाईडीले बेच्यो एक महिनामै ५ लाख बढी कार, आयमा पहिलो पटक उछिन्यो टेस्लालाई

बीवाईडीले बेच्यो एक महिनामै ५ लाख बढी कार, आयमा पहिलो पटक उछिन्यो टेस्लालाई

बीवाईडीले पहिलो पटक एक महिनामै ५ लाख भन्दा बढी युनिट कार बिक्री गर्न सफल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...