होन्डाको पावरफुल एसयूभी चाँडै लन्च हुने, क्रेटा र सेल्टोससँग प्रतिस्पर्धा हुने
जापानी कार निर्माता कम्पनी होन्डाले आफ्नो भारतीय उत्पादन पोर्टफोलियोमा...
होन्डा नेपालले हालै नेपाली बजारमा सिटी ई–एचईभी सार्वजनिक गरेको छ । वर्षौं देखि उपभोक्ताहरुको माझ लोकप्रिय होन्डा सिटी यसपाली नयाँ हाइब्रिड भेरिएन्टमा आएको कम्पनीले बताएको छ।
आत्याधुनिक प्रविधियुक्त सिटी ई–एचईभीले नेपालको अटोमोटिभ क्षेत्रमा महत्वपूर्ण फड्को मार्ने बताइएको छ । द्रुत एक्सिलरेसन, उत्कृष्ट फ्युल इकोनोमीका साथ नेपालमा दिगो र पर्यावरणमैत्री सवारीका लागि यसले नयाँ मापदण्डहरू सेट गरेको छ।
सिटी ई–एचईभीको विशिष्ट विशेषता मध्ये एक एडभान्स्ड सेन्सिङ स्विट रहेको छ। यो सवारीचालक तथा पैदलयात्री दुवैलाई मध्यनजर गरी डिजाइन गरिएको अत्याधुनिक सेफ्टी टेक्नोलोजी हो। यस प्रविधि अन्तर्गत गाडीमा जोडिएको वाइड–एंगल फ्रन्ट क्यामेराले दूरीमा रहेका सम्भावित खतराहरूबारे चालकहरूलाई सचेत गराई दुर्घटनाहरूको जोखिमलाई कम गर्न मद्दत गर्छ। प्याकेजमा भएको लेन–किपिङ असिस्ट र अटोनोमस इमर्जेन्सी ब्रेकिङले गाडीमा सवार तथा पैदल यात्री दुवैको सुरक्षा सुनिश्चित गर्दछ।
नवप्रवर्तन र प्राविधिक उत्कृष्टताप्रति सदा प्रतिबद्ध होन्डाले सिटी ई–एचईभीमा एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टमका साथै अड्याप्टिभ क्रुज कन्ट्रोल सुविधा समावेश गरी अन्य प्रमुख निर्माताहरूले सेट गरेको प्रवृत्तिलाई पछ्याएको छ । यी फिचरहरुले समग्र ड्राइभिङ अनुभवलाई आरामदायी बनाउनुका साथै थप सुरक्षित बनाउँछ।
सिटी ई–एचईभीको बारेमा थप जानकारी तथा टेस्ट ड्राइभका लागि आफ्नो नजिकको होन्डा कार शोरूममा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।
जापानी कार निर्माता कम्पनी होन्डाले आफ्नो भारतीय उत्पादन पोर्टफोलियोमा...
होन्डाको लोकप्रिय सव कम्प्याक्ट सेडान अमेजले भारतमा उत्पादन थालेको १०...
होन्डा मोटरसाइकल एण्ड स्कुटर इन्डियाले नोभेम्बर २७ मा आफ्नो एक्टिभा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...