यस्तो छ टाटा अभिन्या इलेक्ट्रिक कन्सेप्ट, २०२५ मा बजारमा आउने
टाटा मोटर्सले गत वर्ष सार्वजनिक गरेको टाटा अभिन्या इलेक्ट्रिक कन्सेप्ट...
टेस्लाले नोभेम्बर २०१९ मा इलेक्ट्रिक साइबरट्रक सार्वजनिक गरेको थियो र सोही दिन यसको बुकिङ पनि खुल्ला गरिएको थियो । साइबरट्रक लन्च हुनुअघि नै हालसम्म १९ लाख युनिट बुक भइसकेको छ । कम्पनीले साइबट्रकको प्रोडक्सन सुरु गरिसकेको छ र सेप्टेम्बर २०२४ बाट अझै ठूलो मात्रामा प्रोडक्सन सुरु गर्नेछ ।
कम्पनीका सीईओ एलन मस्कले साइबरट्रकको उच्च माग रहेको बताए । कम्पनीले हरेक वर्ष ३ लाख ७५ हजार युनिट साइबर ट्रक उत्पादन गर्नेछ । नयाँ अर्डर गर्ने खरिदकर्ताले डेलिभरीको लागि ५ वर्ष कुर्नु पर्नेछ ।
टेस्लाको गिगा टेक्सासमा साइबरट्रक निर्माण भइरहेको छ । आगामी दिनमा कम्पनीले गिगा मेक्सिकोमा पनि प्रोडक्सन सुरु गर्नेछ ।
हाल साइबरट्रकको लागि १ सय डलर तिरेर प्रि–बुक गर्न सकिन्छ । टेस्लाको यो साइबरट्रक साइजमा निकै ठूलो र तौलमा निकै भारी छ । कम्पनीका अनुसार ट्रकको लम्बाई २३१.७ इन्च, चौडाइ ७९.८ इन्च र उचाइ ७५ इन्च रहेको छ ।
साइबरट्रकमा अल्ट्रा स्ट्रङ ग्लासको प्रयोग गरिएको छ । यसको बडी पार्ट्स अल्ट्रा हार्ड स्टेनलेस स्टिलबाट बनाइएको छ । यसमा १५८७ किलोसम्मको पेलोड क्षमता र एड्जस्टेबल एयर सस्पेन्शन दिइएको छ ।
साइबरट्रकमा ६ जना बस्नका लागि सिट उपलब्ध गराएको छ । यसमा १०० क्युबिक फिट एक्सटर्नल स्टोरेज र सेल्फ लेवलिङ क्षमता रहेको छ ।
टाटा मोटर्सले गत वर्ष सार्वजनिक गरेको टाटा अभिन्या इलेक्ट्रिक कन्सेप्ट...
आइतबार सम्पन्न नाडा अटो शो २०२४ मा १२९ युनिट बीएडब्लु ब्रम्बी ईभी बुकिङ...
काठमाडौं – राजधानीमा जारी नाइमा मोबिलिटी एक्सपो २०२५ मा किटोनको कर्पोरेट...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...