अब पाल्पाबाट सवारी चालक अनुमतिपत्र पाइने

काठमाडौँ - लुम्बिनी प्रदेशको पहाडी जिल्ला पाल्पामा पहिलो पटक यातायात व्यवस्था कार्यालयले दुई पांग्रे सवारी साधनको सवारी चालक अनुमती पत्र सम्वन्धी सेवा सुरु गरेको छ ।

यातायात कार्यालय बुटवलमा अत्याधिक चाप भएपछि उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेश सरकारले पाल्पाबाट पनि दुई पाङ्ग्रे सवारी चालक अनुमति पत्र जारी गर्ने व्यवस्था मिलाएको हो।

यो असार २९ गते शुक्रबारदेखि सुरू भएको हो। (ए) बर्ग मोटरसाइकल र (के) बर्ग स्कुटरको चालक अनुमती पत्रका लागि लिखित र ट्रायल अब यातायात सेवा कार्यालय पाल्पाबाट दिन पाइने कार्यालय प्रमुख केशव सुनारले बताए ।

यो सेवावाट पाल्पा , गुल्मी , स्याङजा तथा अर्घाखाँचीका सेवाग्राहीले लाभ लिन पाउने भएका छन् । ट्रायलका लागि आवश्यक भौतिक पुर्वाधारको निमार्ण संँगै सेवाग्राहीलाई ट्रायल दिन बुटवल जानु पर्ने बाध्यता हटेको छ।

यातायात व्यवस्था सेवा कार्यालय पाल्पा, लुम्बिनी प्रदेश सरकार श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालय मातहत रहेको कार्यालय हो ।

वि।सं। २०७१ साल मंसिर १० गते पाल्पा जिल्ला तानसेन नगरपालिका वडा नं। ६ मा स्थापना भएको कार्यालय संघीय संरचना परिर्वतन भएसँगै प्रदेश सरकार मातहत रुपान्तरण भएको हो । कार्यालयबाट ब्लु बुक नविकरण, रुट परमिट नविकरण, सवारी जाँच पास, यातायात कर संकलन र अस्थायी बाटो इजाजत (पटके) पास दिने कार्य गर्दछ । यस कार्यालयबाट लुम्बिनी प्रदेशका मुख्यगरी पाल्पा, गुल्मी र अर्घाखाँची जिल्लाका सेवाग्राहीलाई बढी लाभ पुगेको छ ।

सम्बन्धित समाचारहरू

अब नागरिक एपबाटै सवारी साधनको राजस्व तिर्न र नवीकरण गर्न सकिने

अब नागरिक एपबाटै सवारी साधनको राजस्व तिर्न र नवीकरण गर्न सकिने

काठमाडौं – अब सवारी साधनको राजस्व र नवीकरण शुल्क समेत नागरिक एपबाटै तिर्न...

सुचारु भयो ड्राइभिङ लाइसेन्स प्रिन्ट भए नभएको एसएमएसबाट थाहा पाइने सेवा

सुचारु भयो ड्राइभिङ लाइसेन्स प्रिन्ट भए नभएको एसएमएसबाट थाहा पाइने सेवा

काठमाडौं – यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र छपाइ भए/नभएको...

खुल्यो ड्राइभिङ लाइसेन्समा वर्ग थपको सुविधा, मोटरसाइकल चलाउनेले अब अन्य सुविधा थप्न सक्ने

खुल्यो ड्राइभिङ लाइसेन्समा वर्ग थपको सुविधा, मोटरसाइकल चलाउनेले अब अन्य सुविधा थप्न सक्ने

काठमाडौं – सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) मा वर्ग थप गर्न सकिने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...