टोयोटा प्राडो २०२५ मोडलको तस्बिर लिक

टोयोटा प्राडोको २०२५ मोडलको डिजाइनका तस्बिरहरू लिक भएका छन्, जसले टोयोटाले डिजाइनमा परिवर्तन गरेको खुलासा गरेको छ । र, यो नयाँ भिन्टेज शैलीको साथ युनिक डिजाइनमा उपलब्ध भएको देखिन्छ ।

राम्ररी हेर्दा यसको डिजाइन नयाँ लेक्सस जीएस जस्तै देखिन्छ, तर यसको रेडिएटर र एलईडी लाइटहरुका कारण यसलाई टोयोटा भनेर चिन्न सकिन्छ। टोयोटा यसको फरक खाले विशिष्ट लाइटिङका लागि प्रसिद्ध छ, जसले यसलाई अद्वितीय बनाउँछ।

यसपटक टोयोटाले इन्टेरियर डिजाइनमा धेरै जोड दिएको छ । यसमा भएको एलईडी टिभी निकै आकर्षक देखिन्छ जुन अघिल्लो मोडलमा थिएन ।

नयाँ टोयोटा प्राडोको पछाडिको भाग रेन्ज रोभरसँग मिल्दोजुल्दो डिजाइन गरिएको छ । यसको नयाँ र अद्वितीय शैलीका कारण निकै आकर्षक देखिन्छ ।

टोयोटा प्राडोको अगाडिको भाग पनि उत्तिकै आकर्षक छ। यसको फ्रन्ट फेस विशेष भएकाले यसलाई अन्य सवारीसाधनहरूबाट अलग राख्छ र छुट्टै पहिचान बनाउँछ।

नयाँ टोयोटा प्राडोको मूल्य अझै सार्वजनिक गरिएको छैन तर अघिल्लो मोडलको तुलनामा यसको मूल्य कम हुने अनुमान गरिएको छ ।

नयाँ प्राडो आगामी दिनमा धेरै रुचाइने अनुमान गरिएको छ । यसको फरक लुक र फरक पहिचानले प्राडो प्रेमीहरु आगामी दिनमा अझै बढ्ने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

टोयोटाको सस्तो एमपीभी सार्वजनिक, मारुती अर्टिगा भन्दा केही महंगो हुने

टोयोटाको सस्तो एमपीभी सार्वजनिक, मारुती अर्टिगा भन्दा केही महंगो हुने

टोयोटाले विहिवार भारतमा नयाँ एमपीभी रुमीअन सार्वजनिक गरेको छ । मारुती...

टोयोटाले ल्याउदैछ नयाँ एसयूभी फ्रन्टल्यान्डर, जारी भयो टिजर

टोयोटाले ल्याउदैछ नयाँ एसयूभी फ्रन्टल्यान्डर, जारी भयो टिजर

टोयोटाले विश्व बजारको लागि नयाँ फ्रन्टल्यान्डर एसयूभीको टिजर तस्बिर जारी...

ट्रान्समिसनमा समस्या आएपछि टोयोटाले फिर्ता बोलायो ल्यान्ड क्रुजर एलसी–३००

ट्रान्समिसनमा समस्या आएपछि टोयोटाले फिर्ता बोलायो ल्यान्ड क्रुजर एलसी–३००

टोयोटाले अटोमेटिक ट्रान्समिसन सम्बन्धी सफ्टवेयर अपडेटका लागि भारतमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...