सुदूरपश्चिम प्रदेशमा सवारी कर कति ? यस्तो छ दर

नेपालमा हाल प्रदेश अनुसार सवारी साधनको कर तोकिएको छ। सुदूरपश्चिम प्रदेशले पनि त्यसै अनुसार करको दर निर्धारण गरेको छ।

सुदूरपश्चिम प्रदेशमा मोटरसाइकल तथा स्कुटरको वार्षिक कर २५०० देखि ९ हजार रुपैयाँसम्म रहेको छ। यसमा १२५ सीसीसम्मको लागि २५००, १२६ सीसीदेखि १५० सीसीसम्मको लागि ४५००, १५१ सीसीदेखि २५० सीसीसम्म ५५००,
२५१ सीसीदेखि ४०० सीसीसम्मको लागि ८००० र ४०० सीसीभन्दा माथि ९००० रुपैयाँ रहेको छ।

यो प्रदेशमा भने निजी विद्युतीय सवारीसाधानको समेत वार्षिक कर तिर्नुपर्छ। विद्युतीय मोटरसाइकल तथा स्कुटर ५०० वाटसम्म १०००, ५०० देखि १००० वाटसम्म १५००, १००१ वाटदेखि १५०० वाटसम्म २००० र १५०१ वाटभन्दा माथि ३००० रुपैयाँ तिर्नुपर्छ।

यसैगरी कार, जिप, भ्यान र माइक्रोबस १००० सीसी क्षमतासम्म १९ हजार, १००१ सीसीदेखि १५०० सीसीसम्म २१ हजार, १५०१ सीसीदेखि २००० सीसीसम्म २३ हजार रुपैयाँ वार्षिक कर तर्नुपर्छ। यसैगरी २००१ सीसीदेखि २५०० सीसीसम्मका सवारीले ३२ हजार, २५०१ सीसीदेखि २९०० सीसीसम्म ३७ हजार र २९०१ सीसीभन्दा माथि सबैले ५३ हजार रुपैयाँ वार्षिक कर तिर्नुपर्छ।

यस्तै विद्युतीय कार, जिप, भ्यान र माइक्रोबस ४९ किलोवाटसम्म १० हजार, ५० किलोवाटदेखि १२५ किलोवाट क्षमतासम्मको १५ हजार, १२६ किलोवाटदेखि २२५ किलोवाटसम्मको लागि २० हजार र २२६ किलोवाटभन्दा माथि सबैले ३० हजार रुपैयाँ वार्षिक कर तिर्नुपर्छ।

यसैगरी डोजर, एक्साभेटर, लोडर, ट्रिपर वा क्रेन जस्ता मेशिनरी उपकरण तथा मिनी ट्रिपरको पनि कर बढेको छ। जसमा डोजर, एक्साभेटर, लोडर वा क्रेन ट्रिपर जस्ता मेशिनरी उपकरणको ३५ हजार र मिनीट्रिपरको २५ हजार रुपैयाँ लाग्छ।
ट्रयाक्टरको कर ४ हजार र पावर टिलरको १ हजारसम्म छ। यस्तै मिनिबस र मिनि ट्रकको २०००० र ट्रक वा ठुला बसको ३०००० रुपैयाँ वार्षिक कर लाग्छ।

भाडामा भएका सवारीको हकमा यस्तो छ दर
भाडामा भएका सवारी कार, जिप, भ्यान र माइक्रोबस १३०० सीसी क्षमतासम्म ८ हजार, १३०१ सीसीदेखि २००० सीसीसम्म १००००, २००१ सीसीदेखि २९०० सीसीसम्म ११००० रुपैयाँ वार्षिक कर तर्नुपर्छ। यसैगरी २९०१ सीसीदेखि ४००० सीसीसम्मका सवारीले १३००० र ४००० सीसीभन्दा माथि सबैले १५००० रुपैयाँ कर तिर्नुपर्छ।

डोजर, एक्साभेटर, लोडर वा क्रेन ट्रिपर जस्ता मेशिनरी उपकरणले १५०००, ट्रेक्टरले १५००, पावर ट्रिलरले १०००, मिनिट्रक वा मिनि बसले १००००, मिनि ट्रिपरले १२०००, ट्रक बसले १६००० रुपैयाँ वार्षिक कर तिर्नु पर्ने हुन्छ।

यसैगरी विद्युतीय भाडाका सवारीमा ४९ किलोवाटसम्म २५००, ४९ किलोवाटदेखि १२५ किलोवाटसम्म ४५००, १२५ देखि २२५ किलोवाटसम्म १००००, र २२५ किलोवाटभन्दा माथि सबै १५ हजार रुपैयाँ वार्षिक कर तिर्नु पर्छ।

सम्बन्धित समाचारहरू

म्यानचेस्टर सिटी फुटबल क्लबको अफिसियल अटोमोटिभ पार्टनर बन्यो बीवाईडी

म्यानचेस्टर सिटी फुटबल क्लबको अफिसियल अटोमोटिभ पार्टनर बन्यो बीवाईडी

विश्वप्रसिद्ध ईभी निर्माता कम्पनी बीवाईडी इङ्लिस प्रिमियर लिग क्लब...

यस्तो हुनेछ ओलाको इलेक्ट्रिक कार, लिक भएको तस्बिरले देखायो झलक

यस्तो हुनेछ ओलाको इलेक्ट्रिक कार, लिक भएको तस्बिरले देखायो झलक

इलेक्ट्रिक स्कुटरको सफलता पछि अब ओलाले इलेक्ट्रिक कार पनि लन्च गर्ने भएको...

३० मिनेटमै ३ हजार युनिट बुकिङ भएको प्रिमियम एमपीभी

३० मिनेटमै ३ हजार युनिट बुकिङ भएको प्रिमियम एमपीभी

चीनको बीवाईडी अटो र मर्सिडिज–बेन्जको ज्वाइन्ट भेन्चरको रुपमा रहेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...