यस्तो हुन सक्छ रोयल इन्फिल्ड हिमालयनको अपडेट मोडल
रोयल इन्फिल्डको लोकप्रिय हिमालयन एड्भेन्चर बाइकको अपडेट मोडल लन्चिङ...
रोयल इन्फिल्ड राइडरका लागि खुसीको खबर आएको छ । रोयल इन्फिल्डले आफ्नो वार्षिक कार्यक्रम राइडर मेनियाका लागि प्रि–रजिस्ट्रेशन सुरु गरेको छ । यद्यपि यो वर्ष देखि राइडर मेनियाको नाम ‘मोटोभर्स’ हुनेछ ।
यस कार्यक्रममा सहभागी हुन कम्पनीको आधिकारिक वेवसाइटमा गएर रजिस्ट्रेशन गर्न सकिनेछ । यसको लागि दर्ता शुल्क २५ सय भारु तोकिएको छ ।
तीन दिने उक्त कार्यक्रम नोभेम्बर २४ देखि २६, २०२३ सम्म वागाटोर, गोवामा आयोजित हुनेछ । राइडर मेनिया दुई पाङ्ग्रे सवारी साधन भेला हुने सबैभन्दा ठुलो कार्यक्रम मध्ये एक हो ।
एक दशक अघि रोयल इन्फिल्डका फ्यानहरू द थम्प द्याट बाइन्ड्स मनाउन गोवा पुगेका थिए र त्यसबेलादेखि नै राइडर मेनिया रोयल इन्फिल्ड राइडरको सुरुवात भएको थियो । सो कार्यक्रममा मोटो थ्रिल, मोटो भिल, मोटो सोनिक, मोटो रिल र मोटो शप इभेन्ट हुन्छ ।
मोटो थ्रिल सबैभन्दा महत्वपूर्ण इभेन्ट हो, जहाँ डर्ट ट्रयाक, स्लाइड स्कुल, ट्रायल र अन्य धेरै प्रतियोगिता हुने गर्छ । सीप भएका राइडरहरूका लागि यहाँ प्रदर्शन गर्ने ठूलो अवसर पनि हो । मोटो भिलमा भने बाइक कल्चरको बारेमा जानकारी लिन सकिन्छ ।
मोटो रिल यस्तो प्लेटफर्म हो जहाँ राइडर वा गैर राइडरहरू एकसाथ आउँछन् र प्रेरणादायी कथाहरू सुन्ने र सुनाउने गर्छन् । मोटो शप भने गियर र फेसनको लागि उपयुक्त ठाउँ हो ।
रोयल इन्फिल्डले गत वर्ष राइडर मेनियामा सुपर मेटियर ६५० प्रदर्शन गरेको थियो । यस वर्ष कम्पनीले हिमालयन ४५० को पावरफुल मोडल प्रदर्शन गर्ने सम्भावना छ ।
रोयल इन्फिल्डको लोकप्रिय हिमालयन एड्भेन्चर बाइकको अपडेट मोडल लन्चिङ...
रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ अन्तर्गत बुलेट बाइकर्स...
दमदार इन्जिन र गडगडाहट आवाजका बाइक उत्पादनका लागि लोकप्रिय मानिएको कम्पनी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...