टीभीएस अपाचे आरआर ३१० मार्फत २४ घण्टाको नयाँ भारतीय राष्ट्रिय स्पिड इन्ड्योरेन्सको कीर्तिमान

अपोलो आल्फा एच१ टायर्स सुसज्जित टीभीएसको मोटरसाइकल अपाचे आरआर ३१० ले नयाँ भारतीय राष्ट्रिय स्पिड इन्ड्योरेन्सको कीर्तिमान कायम गरेको छ । २४ घण्टे स्पिड इन्ड्योरेन्स चुनौतीको भागका रूपमा, कम्पनीले एफएमएससीआईद्वारा प्रमाणित एशियाकै सबैभन्दा लामो हाई स्पिड ट्रयाक एनएट्रयाक्स, इन्दौरमा ३,६५७.९२ केएमएसको यो कीर्तिमान कायम गरेको हो ।

१७३ किलोमिटर प्रति घण्टाको अधिकतम गति र १५२ किमी प्रति घण्टाको औसत गतिका साथ टीभीएस आपाचे आरआर ३१० ले रेसट्रयाकमा आफ्नो प्रभुत्व प्रमाणित गर्दै आफ्नो विश्वसनियता तथा सुदृढ गरेको हो ।

कम्पनीको “ट्रयाक टू रोड” दर्शनको प्रवद्र्धन गर्दै, टीभीएस आपाचे सिरिजले भर्खरै ५० लाख विश्वव्यापी बिक्रीको महत्वपूर्ण कोशेढुङ्गा प्राप्त गर्न सफल भएको छ । यसले विश्वव्यापी ग्राहकहरूको विश्वास र वफादारी कमाउँदै सबैभन्दा तिब्र गतिमा बृद्धि हात पार्न सफल प्रिमियम मोटरसाइकलका रूपमा कम्पनीको प्रतिष्ठालाई नयाँ उचाई प्रदान गरेको कम्पनीको भनाइ छ ।

टोलीमा १८ जना चालकहरू सम्मिलित थिए । यिनले ३ वटा टीभीएस आपचे आरआर ३१० मोटरसाइकलहरूमा रिले गरेका थिए । २४ घण्टे स्पिड इन्ड्योरेन्स चुनौती जुलाई २, २०२३ मा आईएसटी बिहान १०ः०० बजेदेखि सुरु गरिएको थियो ।

चुनौतीकै एक भागका रूपमा, सवारहरूले औसत गति १५२ किमी प्रति घन्टामा कूल ३२२ ल्याप कभर गरेका थिए । चुनौतीको समयमा रेकर्ड गरिएको शीर्ष गति १७३ किमी प्रति घन्टा रहेको थियो ।

चुनौतीमा २४ घन्टाको समयमा ३६५७.९२ किलोमिटरको दूरी कभर गरे बापत इन्डिया बुक अफ रेकर्डमा प्रवेश गरेको छ । टीभीएस आपाचे आरआर ३१० को असाधारण कार्यसम्पादनमा योगदान गर्ने मुख्य कारकहरू यसको उन्नत एयरोडायनामिक डिजाइन हो ।

रेस व्युत्पन्न पावर प्लान्टले ३४ बीएचपी उत्पन्न गराउँछ । यसले गर्दा चरम परिस्थितिहरू सहन गर्ने क्षमतामा बृद्धिका साथै उच्चतम प्रदर्शन गर्नको क्षमता प्रदान गर्छ ।

सम्बन्धित समाचारहरू

सबैभन्दा धेरै आईक्युब स्कुटर बिक्री गरेर युनिराइड अटोले जित्यो अवार्ड

सबैभन्दा धेरै आईक्युब स्कुटर बिक्री गरेर युनिराइड अटोले जित्यो अवार्ड

काठमाडौं–नेपालमा टीभीएस आईक्युब बिक्रीको २ वर्ष पुरा भएको छ । टीभीएसको...

ग्राहक तान्न ४ मोटरसाइकल ब्रान्डविच प्रतिस्पर्धा, यस्तो छ स्किम र अफर

ग्राहक तान्न ४ मोटरसाइकल ब्रान्डविच प्रतिस्पर्धा, यस्तो छ स्किम र अफर

बजारमा तरलता अभावको समस्या चर्किन शुरु भएसंगै मोटरसाइकल तथा स्कुटरको...

२५ प्रतिशत डाउनपेमेन्ट अफर गर्दा पनि छैनन् मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहक

२५ प्रतिशत डाउनपेमेन्ट अफर गर्दा पनि छैनन् मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहक

वैंक तथा वित्तीय संस्थामा तरलता अभाव चर्किएसँगै ओरालो लागेको टु ह्विलर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...