‘फर्स्ट–इन–सेग्मेन्ट’ फिचरबाट सुसज्जित हुन्डाई एक्सटर, यी हुन १८ नयाँ फिचर

हुन्डाईले सोमबार भारतीय बजारमा आफ्नो सानो एसयुभी एक्स्टर लन्च गरेको छ । हुन्डाईको प्रोडक्ट पोर्टफोलियोमा सवैभन्दा सस्तो एसयूभीका रुपमा आएको एक्स्टरको मूल्य भारतीय बजारमा ६ लाखदेखी शुरु हुने जनाइएको छ । सो एसयूभी अवको केही समयपछि नेपाली बजारमा समेत आउने हुँदा नेपाली अटो पारखीले समेत यसमा चासो व्यक्त गर्दै आएका छन् । नेपाल आउँदा यसको मूल्य ३० लाख हाराहारीबाट शुरु हुने अनुमान गर्न सकिन्छ ।

१.२ लिटर पेट्रोल इन्जिन जडित सो एसयूभीको पावर ८३ एचपी र टर्क ११४ एनएएम रहेको छ । माइक्रो एसयूभी सेग्मेन्टको एक्स्टरमा यही सेग्मेन्टमा प्रतिस्पर्धा गरिरहेका टाटा पन्च, मारुती सुजुकी इग्निस र सिट्रोन सी३ मा नभएका प्रशस्तै सेग्मेन्ट फर्स्ट फिचर दिइएको छ । सो एसयूभीमा १८ प्रकारका ‘फर्स्ट–इन –सेग्मेन्ट’ फिचर दिइएको हो ।

हुन्डाईले माइक्रो एसयूभी एक्स्टरमा पहिलोपटक ६ वटा एयरव्याग दिएको छ । यसैगरी यसमा शार्क–फीन एन्टेना, फूटवेल लाइटिङ, मेटल प्याडल, भ्वाइस–इनेवल्ड सनरुफ, डुअल क्यामेरा सहितको ड्यासक्याम र वायरलेस चार्जर पाउन सकिन्छ ।

साथै सो एसयूभी टाईप–सी यूएसवी फास्ट चार्जर, पावर आउलेट सहितको रियर एसी भेन्ट, प्याडल सिफ्टर, १२ प्रकारका भाषा सपोर्ट गर्ने डिजीटल इन्स्ट्रयूमेन्ट क्लस्टर, अन–वोर्ड नेभीगेसन सिस्टम, एम्विएन्ट साउन्ड अफ नेचर, होम टु कार, वर्गलर अलार्म, थ्री प्वाइन्ट सीट वेल्ट, हील एसिसस्ट कन्ट्रोल र भेइकल स्ट्याविलीटी म्यानेजमेन्ट जस्ता ‘फर्स्ट–इन–सेग्मेन्ट’ फिचर्सबाट सुसज्जित रहेको छ ।

सम्बन्धित समाचारहरू

नयाँ वर्षमा हुन्डाई गाडी किन्दा आयो यस्तो अफर, नगद छुट र बोनस लगायत थप सुविधा

नयाँ वर्षमा हुन्डाई गाडी किन्दा आयो यस्तो अफर, नगद छुट र बोनस लगायत थप सुविधा

काठमाडौं – हुन्डार्ई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी...

हुन्डाई प्यालिसेडको मूल्य सार्वजनिक : करिव २ करोड २६ लाख मूल्य पर्ने गाडीमा यस्ता छन् फिचर

हुन्डाई प्यालिसेडको मूल्य सार्वजनिक : करिव २ करोड २६ लाख मूल्य पर्ने गाडीमा यस्ता छन् फिचर

काठमाडौं – नेपाली बजारमा हुन्डाईको प्रिमियम गाडी प्यालिसेड भित्रिएको छ ।...

छिटो चार्ज हुने ईभीमा हुन्डाई र कियाको अग्रता, टेस्ला १० औं स्थानमा

छिटो चार्ज हुने ईभीमा हुन्डाई र कियाको अग्रता, टेस्ला १० औं स्थानमा

हुन्डाई र कियाका ईभीले सबैभन्दा छिटो चार्ज हुने ईभीको सूचीमा अग्रता लिएका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...