विदेशी मुद्रा सञ्चिति बढे पनि बढ्ने दर भने सुस्त, फेरि पनि कडाई हुन सक्ने

काठमाडौं – नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको पछिल्लो तथ्यांकअनुसार विदेशी मुद्राको सञ्चिति २१ महिना यताकै उच्च विन्दुमा पुगेको छ । यस्तो सञ्चिति २०८० जेठ मसान्तमा १८.५ प्रतिशतले वृद्धि भई ११ अर्ब ३० करोड डलर कायम भएको छ ।

वैशाख महिनाको तुलनामा जेठमा विदेशी मुद्राको सञ्चिति ०.८ प्रतिशतले बढेको छ । जुन चालु आर्थिक वर्षको न्यून वृद्धिदर हो । चालु आर्थिक वर्षको साउन १.२१ प्रतिशत र भदौमा ०.७७ प्रतिशतले घटेको विदेशी मुद्राको सञ्चिति त्यसयता निरन्तर बढ्दै आएको थियो ।

भन्सार विभागका अनुसार जेठ महिनामा चालु आर्थिक वर्षमा सबैभन्दा बढी आयात भएको छ । असारमा जेठभन्दा बढी आयात हुने सम्भावना हुने भएकाले आगामी दिनमा विदेशी मुद्राको सञ्चिति घट्दै जाने राष्ट्र बैंकका अधिकारीहरुको भनाइ छ ।

पहिले एलसी खोल्ने र पछि सामान आयात गर्ने हुँदा असार देखि विदेशी मुद्रा घट्दै जाने सम्भावना हुन्छ । गत फागुन र चैतमा एलसीमार्फत आयात गरिएको सामानको भुक्तानी भएको छ । यस अनुसार आगामी दिनमा यो अझै बढ्दै जाने अनुमान गरिएको छ ।

अटोमोबाइल क्षेत्रलाई समेत देशको आर्थिक स्थितिले प्रत्यक्ष असर पारिरहेको अवस्था छ । यो अवस्थामा आगामी दिनमा फेरि विदेशी मुद्राको सञ्चिति घट्दै गएमा प्रत्यक्ष असर यही क्षेत्रलाई पनि पर्न सक्छ ।

सम्बन्धित समाचारहरू

नाडा र एशियाली विकास बैंकका पदाधिकारीहरु बिच छलफल

नाडा र एशियाली विकास बैंकका पदाधिकारीहरु बिच छलफल

काठमाडौं – अटोमोबाइल व्यवसायीहरुको संगठन नाडा र एशियाली विकास बैंक...

बुधबारदेखि पोखरामा वाडा अटो शो हुँदै

बुधबारदेखि पोखरामा वाडा अटो शो हुँदै

पाेखरा – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रस्तुतिमा पश्चिमाञ्चल...

बाढीले अटोमोबाइल आयात प्रणालीमा ठूलो असर, संयमित रहन नाडाको आग्रह

बाढीले अटोमोबाइल आयात प्रणालीमा ठूलो असर, संयमित रहन नाडाको आग्रह

काठमाडौं–रसुवा जिल्लामा आएको बाढी तथा पहिरोले सिर्जना गरेको भयावह...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...