लन्च भयो हुन्डाईको सवैभन्दा सस्तो एसयूभी, यस्तो छ मूल्य र विशेषता

हुन्डाई मोटर इण्डियाले आज आफ्नो सवैभन्दा सस्तो एसयुभी एक्सटर लन्च गरेको छ । शुरुवाती मूल्य ६ लाख भारु निर्धारण गरिएको सो एसयूभीको टप स्पेकलाई ९ लाख ३२ हजार भारु पर्ने जनाइएको छ । हुन्डाईको प्रोडक्ट पोर्टफोलियोमा सवैभन्दा सस्तो मूल्यको एसयूभी भएका कारण एक्सटरलाई निकै चासोका साथ प्रतिक्षा गरिँदै आएको थियो ।

सो एसयूभी अवको केही समयपछि नेपाली बजारमा समेत आउने हुँदा नेपाली अटो पारखीले समेत यसमा चासो व्यक्त गर्दै आएका छन् । नेपाल आउँदा यसको मूल्य ३० लाख हाराहारीबाट शुरु हुने अनुमान गर्न सकिन्छ ।

एक्स्टरलाई हुन्डाईले यसअघि ग्रान्ड आई १० निओस र औरामा प्रयोग भएको प्लेटफर्मलाई सेयर गरी तयार पारेको हो । एउटै प्लेटफर्मममा तयार भएपनि सो एसयूभीको लुक्स र डिजाइन भने विल्कुलै नयाँ र फरक प्रकारको छ । सेग्मेन्टमै पहिलो पटक सिएनजी पावरट्रेनका साथ आउन लागेको एक्स्टरमा थप केही सेग्मेन्ट फस्र्ट फिचर र वाँकी नयाँ फिचर समेत दिइएको छ ।

एक्स्टरमा कम्पनीले पहिलो पटक सेग्मेन्ट फस्र्ट फिचरका रुपमा सींगल प्यानल सनरुफ दिएको छ । जसलाई भ्वाइस कमान्ड मार्फत संचालन गर्न सकिन्छ । यो सेग्मेन्टमा यसअघि कुनै पनि व्रान्डले यस्तो फिचर दिएको थिएन ।

सनरुफ वाहेक यसमा अर्को सेग्मेनट फस्र्ट फिचरका रुपमा ड्यासक्याम समेत उपलब्ध हुनेछ । आगडीको विन्ड शिल्डमा जडान गरिने सो क्यामेराको साहायताले क्याविन भित्र र वाहिरको दृश्य रेकर्ड गरेर डिस्प्लेमा देखाउनेछ । यसरी रेकर्ड गरिएको भिडियोलाई हेर्न ड्यासवोर्डमा अर्को छुट्टै २.३१ इन्चको एलसीडी डिस्प्ले राखिएको छ । हुन्डाईले यसअघि भेन्यू एनलाईनमा यस्तो फिचर दिएको थियो ।

सानो आकारको एसयूभी भएपनि एक्स्टरलाई हुन्डाईले निकै वोल्ड र वक्सी डिजाइनमा तयार पारेको छ । यसको ग्रील, सी–पील्लर र टेल गेट फिचर हुन्डाईको पारामेट्रिक डिजाइन ल्यांग्वेजबाट प्रेरित रहेको छ । सो एसयूभीमा उपलब्ध हुने स्प्लिट हेडल्याम्प, एलइडी डेटाईम रनिङ ल्याम्प र एच आकारको टेल लाइट निकै आकर्षक देखिएको छ । साथै यसको ह्विल आर्क र डोरमा पर्याप्त क्लाडिङ पाउन सकिन्छ ।

१.२ लिटरको पेट्रोल इन्जिन जडान भएर आएको सो एसयूभीले ८३ एचपी पावर र ११४ एनएम टर्क जेनेरेट गर्नेछ । यसमा ५ स्पिड म्यानुअल र एएमटी ट्रान्समिसनको विकल्प पाउन सकिन्छ । सो एसयूभीले बजारमा टाटा पन्च, सिट्रोन सी३ र मारुती सुजुकी इग्निस लगायतसंग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

हुन्डाईको कार लन्च हुनुअघि नै तस्विर लिक, विश्वभर भाइरल !

हुन्डाईको कार लन्च हुनुअघि नै तस्विर लिक, विश्वभर भाइरल !

लामो समयदेखि प्रतीक्षित हुन्डाईको आई२० फेसलिफ्ट मोडलको इन्टेरियर र...

फेस्टिभल सिजनमा हटकेक बन्दै छन् यी कार : सर्बाधिक लोकप्रिय बन्ने अपेक्षा

फेस्टिभल सिजनमा हटकेक बन्दै छन् यी कार : सर्बाधिक लोकप्रिय बन्ने अपेक्षा

नेपालमा फेस्टिभल सिजन सुरुवात भएसँगै सवारी बजारको मुख्य सिजन समेत शुरु...

हुन्डाई ह्याप्पी मुभसँगको सहकार्यमा हेटौंडा ह्विल्सद्वारा बालबालिकालाई सामग्री प्रदान

हुन्डाई ह्याप्पी मुभसँगको सहकार्यमा हेटौंडा ह्विल्सद्वारा बालबालिकालाई सामग्री प्रदान

हेटौंडा – हेटौंडा ह्विल्सले हुन्डाईको ह्याप्पी मुभसँगको सहकार्यमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...