होन्डाले नयाँ स्कुटर ल्याउदै, टिजर सार्वजनिक

आफ्नो फ्ल्यागसिप मोडल एक्टिभाका साथ स्कुटर बजारमा राज गरिरहेको होन्डाले अब नयाँ टिजर सार्वजनिक गरेर सबैलाई चकित बनाएको छ । टिजरमा कम्पनीले एउटा भिडियो पोस्ट गरेको छ, जसमा लेभल अप योर स्टाइल लेखिएको छ । कम्पनीले नयाँ डियो १२५ लन्च गर्ने तयारी गरिरहेको छ ।

डियो १२५ स्कुटरमा नयाँ लुक दिइएको छ र यसको एक्जस्ट नोट स्पोर्ट्स बाइक जस्तै देखिएको छ । यसमा उत्कृष्ट भिजुअल ग्राफिक्स दिइएको छ । सो स्कुटर यही महिना लन्च गर्ने चर्चा चलिरहेको छ ।

कम्पनीले डियोको डियो १२५ र डियो ११० गरी २ भेरिएन्ट ल्याउने सम्भावना छ । यी दुबै स्कुटरमा फरक इन्जिन हुनेछ । यसमा होन्डा एक्टिभा १२५ र ११० को इन्जिन प्रयोग गर्ने अनुमान छ । कम्पनीले डियो १२५ मा प्रयोग गर्ने १२३.९ सीसी एयर कुल्ड इन्जिनले ८.१८ बीएचपी पावर जेनेरेट गर्नेछ ।

स्कुटरमा साइलेन्ट स्टार्ट सिस्टमको साथै इन्जिन अटो स्टार्ट स्टपको सुविधा दिइनेछ । साथै यसमा स्मार्ट किसहितको एच स्मार्ट सिस्टम पनि जडान गरिने छ । स्कुटरमा साइड स्ट्यान्ड कट अफ, स्मार्ट एलईडी र पास स्विचले सुसज्जित हुनेछ । यसमा डिजिटल डिस्प्ले हुनेछ । साथै, यसलाई एप मार्फत मोबाइलमा जडान गर्न सकिनेछ । स्कुटरमा यूएसबी चार्जिङको सुविधा पनि हुनेछ ।

यस बाहेक कम्पनीले ३५० सीसीको नयाँ मोटरसाइकल पनि लन्च गर्ने भएको छ । यसमा होन्डाले स्पोर्टस डिजाइन भन्दा फरक रोडस्टरमा पेश गर्नेछ । यद्यपि यसको इन्जिन सीबी३५० जस्तै हुनेछ तर यसमा टुरिङको हिसाबले डिजाइन गरिनेछ ।

तर, कम्पनीले यसको कुनै जानकारी दिएको छैन न त यसको लन्चको बारेमा कुनै खुलासा गरेको छ । यो बाइक क्रुजर बाइक हुने अनुमान पनि छ । यसको प्रत्यक्ष प्रतिस्पर्धा रोयल इन्फिल्ड र येज्दीका मोटरसाइकलसँग हुनेछ ।

सम्बन्धित समाचारहरू

होन्डाले ल्यायो २०२३ मोडलको नयाँ हाइनेस सीबी३५० र सीबी३५० आरएस बाइक

होन्डाले ल्यायो २०२३ मोडलको नयाँ हाइनेस सीबी३५० र सीबी३५० आरएस बाइक

होन्डाले नयाँ हाइनेस सीबी३५० र सीबी३५० आरएस लन्च गरेको छ । साथै कम्पनीले यी...

होन्डाको हाइब्रिड कारमा टोयोटाको ब्याट्री, ट्रम्पको नयाँ कर नितिले समस्यामा अटो उत्पादक

होन्डाको हाइब्रिड कारमा टोयोटाको ब्याट्री, ट्रम्पको नयाँ कर नितिले समस्यामा अटो उत्पादक

होन्डाले आफ्नो हाईब्रिड मोडलका लागी टोयोटाको अमेरिकी प्लान्टबाट...

होन्डा शाइन १२५ को विशेष संस्करण लन्च, यस्तो छ मूल्य र विशेषता

होन्डा शाइन १२५ को विशेष संस्करण लन्च, यस्तो छ मूल्य र विशेषता

होन्डाले शाइन १२५ को नयाँ विशेष संस्करण लन्च गरेको छ । डिस्क भेरिएन्टमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...