अब चालक अनुमतिपत्र नवीकरण पाल्पाबाटै हुने
काठमाडौं – चालक अनुमतिपत्र नवीकरणको काम पाल्पाबाट नै हुने भएको छ।...
काठमाडौं – अबदेखि सवारी चालक अनुमतिपत्रको राजस्व अनलाइनबाटै भुक्तानी गर्न सकिने भएको छ। बुधबार भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले उक्त प्रक्रियाको गण्डकी प्रदेशबाट सुरुवात गरेका हुन्।
सवारी चालक अनुमतिपत्रको राजस्व यातायात कार्यालयमै गएर लाइन बसेर बुझाउनु पर्ने झन्झट थियो। अबदेखि भने उक्त झन्झट हट्ने भएको छ।
अहिले तत्काललाई यो सेवा गण्डकी प्रदेशबाट मात्र सुरु गरिएको मन्त्रालयले जनाएको छ। यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले विद्युतीय प्रणाली सुरु गरिएको जनाए।
दैनिक ७ हजार सेवाग्राहीको भिड यातायात कार्यालयहरुमा हुने गरेको छ। उक्त भिड कम गर्न र सेवाग्राहीलाई सजिलो बनाउनेतर्फ विभागले यसको सुरुवात गरेको उनले बताए।
अहिले यो सुविधा २० दिनको लागि परीक्षणको रुपमा संचालित हुने र राम्रोसँग त्रुटि बिना चल्ने भएपछि देशभरिका यातायात कार्यालयहरुबाट उक्त सुविधा लागु हुने उनले बताए।
यसका लागि मोबाइल नम्बरबाट मात्र लगइन गर्न सकिन्छ। यो नम्बर ५ वर्षसम्म हुने उनको भनाइ छ। यसका लागि नम्बर परिवर्तन गरिराख्नु पर्दैन। पासवर्ड र युजर आइडी कार्यालयले प्रदान गर्ने र त्यसपछि लगइन गर्न सकिने छ ।
यस अनुसार अब लाइसेन्स लिन ३ पटक मात्र यातायात कार्यालय धाएर काम गर्नु पर्ने अवस्था हुनेछ । यस अनुसार लिखित परिक्षा दिन, बायोमेट्रिकक गर्न र ट्रायल दिन मात्रै यातायात कार्यालयमा भौतिक रूपमा उपस्तिथि हुनुपर्ने छ।
यसका लागि नयाँ पोर्टल https://applydlnew.dotm.gov.np/login को व्यवस्था गरिएको छ । यसमा लगइन गरेर अनलाइन राजस्व भुक्तानी गर्न सकिने छ।
काठमाडौं – चालक अनुमतिपत्र नवीकरणको काम पाल्पाबाट नै हुने भएको छ।...
तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने...
काठमाडौँ – यातायात व्यवस्था विभागले ६ महिनापछि नयाँ सवारी चालक अनुमति...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...