अलिबाबा र ईबे जस्ता विदेशी अनलाइनबाट पनि अब गाडी किन्न सकिने

हामीले विभिन्न विदेशी अनलाइनहरुमा सवारी साधन बुकिङ गर्न र किन्न सकिन्छ भनेर समाचारहरु पढ्ने गरेका छौ । तर हालको नेपालको कानुन अनुसार ती साधन किन्न सहज छैन । यसका लागि कानुनी अड्चन कायम छ ।

तर आगामी दिनमा सो कार्य पनि सहज हुने सम्भावना भएको छ । सरकारले राष्ट्रिय सभामा दर्ता गराएको विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा विभिन्न ईकमर्स साइटबाट पनि खरिद गर्न सकिने व्यवस्था गरिएको छ । यसो भएमा आगामी दिनमा अलिबाबा, ईबे, अमेजन जस्ता चर्चित साइटहरुबाट अन्य कुराका अतिरिक्त सवारी साधन पनि किन्न सकिने बाटो खुल्ला हुन सक्छ ।

विधेयकको दफा ११ मा ‘प्रचलित सङ्घीय कानुनको अधीनमा रही कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले विद्युतीय व्यापार गर्ने विदेशस्थित कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाबाट कुनै वस्तु वा सेवा खरिद गरी आयात गर्न सक्ने उल्लेख छ ।

विद्युतीय व्यापार गर्ने विदेशी व्यक्ति, फर्म अथवा कम्पनीबाट कानुन अनुसार वस्तु आयात गर्न सक्ने बाटो खुला गर्न लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव गोविन्दबहादुर कार्कीले जानकारी दिएका छन् ।

यसरी वस्तु आयात गर्दा नेपालको कानुन अनुसार प्रचलित भुक्तानी माध्यम प्रयोग गरी सबै कर तथा शुल्क भने बुझाउनुपर्ने उनले बताएका छन् ।

सम्बन्धित समाचारहरू

साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनको घोषणा : शुरुमा १ करोड र गाडी बिक्रीवापत १० हजार राखिने

साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनको घोषणा : शुरुमा १ करोड र गाडी बिक्रीवापत १० हजार राखिने

काठमाडौं – बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले न्यु...

वृद्धहरुका लागि लाेकप्रिय केजी मोटर्सकाे एक सिटे इलेक्ट्रिक कार

वृद्धहरुका लागि लाेकप्रिय केजी मोटर्सकाे एक सिटे इलेक्ट्रिक कार

जापानको एक सानो स्टार्टअप कम्पनी केजी मोटर्सले बनाएको एक सिटे इलेक्ट्रिक...

७ लाख ६० हजार डाउन पेमेन्टमा लिन सकिने नेटा भीमा यस्तो छ फेस्टिवल अफर

७ लाख ६० हजार डाउन पेमेन्टमा लिन सकिने नेटा भीमा यस्तो छ फेस्टिवल अफर

इलेक्ट्रिक कार नेटा भीको नेपालका लागि आधिकारिक वितरक सिजी मोटर्सले दशैं...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...