नबिल बैंकले जीडब्ल्युएमका सवारी साधन किन्न ७ वर्षका लागि कर्जा उपलब्ध गराउने

काठमाडौं – ग्रेटवाल मोटर्स अर्थात जीडब्ल्युएमको नेपालका लागि आधिकारिक वितरक भीजी इम्पेक्स प्रालिले नबिल बैंक लिमिटेडसँग सवारी साधन फाइनान्स गर्नका लागि सम्झौता गरेको छ ।

जीडब्ल्युएमका इन्टरनल कम्बसन अर्थात आईसीई र विद्युतीय सवारीसाधनहरुका लागि बैंकले फाइनान्स सुविधा उपलब्ध गराउने छ । नेपाली बजारमा जीडब्ल्युएमका ह्यावल जोलायन, ह्यावल एच६, पावर, विङ्गल ५ र विद्युतीय गाडी ओरा ०३ को फाइनान्सिङ सुविधाको लागि बैंकसँग सम्झौता भएको हो ।

भीजी इम्पेक्स (जीडब्ल्युएम नेपालका भाइस–प्रेसिडेन्ट रुपेश शर्मा भट्ट र नबिल बैंक लिमिटेडका हेड अफ रिटेल लेन्डिङ चाँदनी श्रेष्ठले हिजो यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता पत्र अनुसार ग्राहकहरुले नबिल बैंक मार्फत कुनै पनि जीडब्ल्युएमका गाडी खरिद गर्दा फाइनान्सिङ सुविधा प्राप्त गर्ने छन् ।

नबिल बैंकले आईसीई मोडललाई १२.९० प्रतिशत ब्याजदरमा ५० प्रतिशत सम्म र ईभीको लागि १२.१५ प्रतिशत ब्याजदरमा ८० प्रतिशत सम्म अटो कर्जा उपलब्ध गराउने भएको छ । दुवै अवस्थामा ऋणको अवधि भने ७ वर्षको हुनेछ ।

दुई पक्षबीच भएको सम्झौताले ठूलो संख्यामा अटोमोबाइल प्रेमीहरूले जीडब्ल्युएम नेपालबाट नै आफुलाई मनपर्ने गाडी सजिलै प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले अटो कर्जाको लागि आवश्यक कागजातहरू सहित नजिकैको नबिल बैंक शाखामा गएर आवेदन दिन सक्नेछन् ।

नेपालको सबैभन्दा ठूलो बैंकमध्ये एकसँगको यो सम्झौताले जीडब्ल्युएमको स्वामित्वलाई सबैका लागि अझ सुलभ बनाउने विश्वास कम्पनीले गरेको बताएको छ ।

सम्बन्धित समाचारहरू

३ सय किलोमिटर रेन्ज दाबी गरिएका ४ इलेक्ट्रिक कार नेपालमा, यस्तो छ मूल्य र पर्फमेन्स

३ सय किलोमिटर रेन्ज दाबी गरिएका ४ इलेक्ट्रिक कार नेपालमा, यस्तो छ मूल्य र पर्फमेन्स

अटो बजारमा अहिले इलेक्ट्रिक कार सर्बाधिक चर्चाको बिषय बनिरहेको छ ।...

हुन्डाईले छिटो चार्ज हुने ६ इलेक्ट्रिक कार लन्च गर्ने

हुन्डाईले छिटो चार्ज हुने ६ इलेक्ट्रिक कार लन्च गर्ने

दक्षिण कोरियाली कार निर्माता कम्पनी हुन्डाईले सन् २०२८ सम्ममा भारतमा करिब...

सिजी मोटर्सको एक्सचेन्ज क्याम्प, पुराना गाडीसँग नेटा भी साट्न सकिने

सिजी मोटर्सको एक्सचेन्ज क्याम्प, पुराना गाडीसँग नेटा भी साट्न सकिने

काठमाडौं– सिजि मोटर्सले पुराना गाडीसँग नेटा भी साट्न सकिने क्याम्पको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...