यामाहाले यही वर्ष २ पावरफुल बाइक लन्च गर्दै, केटीएमसँग प्रतिस्पर्धा हुने

अटोमोबाइल बजारमा नेकेड र फेयर्ड बाइकको मिड सेगमेन्टमा केटीएम बाइकको प्रभुत्व रहेको छ । तर अब केटीएमको यो राजको अन्त्य गर्न यामाहाले २ वटा बाइक लन्च गर्न लागेको छ । सो बाइकले केटीएम ३९० बाइकसँग सिधा प्रतिस्पर्धा गर्नेछ ।

कम्पनीका अनुसार सो बाइक यसै वर्षको डिसेम्बरसम्ममा लन्च गरिने छ । यामाहाको यी २ बाइकको नाम यामाहा आर३ र यामाहा एमटी०३ राखिएको छ ।

यामाहा आर३ फेयर्ड बाइक हुनेछ । यसको डिजाइन वाइजेडएफ आर१५ बाट लिइएको हो । बाइकमा लिक्विड कुल्ड इन्जिन दिइएको छ । रिपोर्टका अनुसार दुबै बाइकमा ३२१ सीसी इन्जिन समावेश गरेको छ । सो इन्जिनले ४२ बीएचपी पावर र २९.५ एनएमको टर्क जेनेरेट गर्नेछ । एमटी०३ बाइकमा समान इन्जिन भए तापनि यो नेकेड बाइक हुनेछ ।

आर३ बाइक केटीएम आरसी ३९० सँग र एमटी०३ बाइक केटीएम ड्युक ३९०सँग प्रतिस्पर्धा गर्नेछ । कम्पनीले यी दुई बाइकको मूल्यबारे कुनै घोषणा गरेको छैन ।

सम्बन्धित समाचारहरू

चाडपर्वमा बाइक वा स्कुटर किन्दै हुनुहुन्छ ? हेर्नुस् यस्ता छन् अफर

चाडपर्वमा बाइक वा स्कुटर किन्दै हुनुहुन्छ ? हेर्नुस् यस्ता छन् अफर

नेपालीहरुले दशैं, तिहार, छठ लगायतका चाडपर्वको अवसरमा विभिन्न नयाँ बाइक वा...

यामाहाद्वारा काठमाडौँमा माइलेज च्यालेन्ज र र्यालीको आयोजना

यामाहाद्वारा काठमाडौँमा माइलेज च्यालेन्ज र र्यालीको आयोजना

काठमाडौँ- काठमाडौँका लागियामाहाको स्कुटर तथा मोटरसाइकलको आधिकारिक...

१० वर्षे वारेन्टीका साथ ढुक्कसँग एफजेड सिरिजका बाइकमा सवार हुन यामाहा नेपालको आग्रह

१० वर्षे वारेन्टीका साथ ढुक्कसँग एफजेड सिरिजका बाइकमा सवार हुन यामाहा नेपालको आग्रह

मोटरसाइकल उद्योगको क्षेत्रमा अग्रणी नाम मानिने यामाहाले नेपालमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...