जेठमा ७८१ विद्युतीय गाडी यातायात कार्यालयमा दर्ता, दर्ताकै लागि धेरै जनशक्ति खर्चिदै ईभी ब्रान्ड

काठमाडौं – चालु आर्थिक वर्षको जेठ महिनामा ७८१ युनिट विद्युतीय गाडी यातायात कार्यालयहरुमा दर्ता भएका छन्।

यातायात व्यवस्था कार्यालय सानाठुला सवारीका अनुसार यो जेठ महिनामा लगभग ७८१ युनिट विद्युतीय गाडी दर्ता भएका छन्। यसभन्दा अघिका महिनाहरुमा लगभग साँढे ४ सय युनिटभन्दा धेरै ईभी दर्ता हुने गरेका थिएनन् ।

जेठमा पेट्रोल र ईभी गरेर लगभग १७९१ नयाँ गाडी दर्ता भएका कार्यालयले जनाएको छ। यसमा ७८१ युनिट ईभी दर्ता भएको यातायात व्यवस्था कार्यालय सानाठुला सवारी कायालयकाअधिकृत पवित्र कुँवरले बताए। यसमा पेट्रोल कार, जिप र भ्यान ९६५ वटा दर्ता भएका छन्। अन्य ४५ वटा सवारीसाधान दर्ता भएका छन्।

चालु आर्थिक वर्षको १० महिनासम्ममा ७ हजार ४५१ सवारीसाधान दर्ता भएका छन्। जसमा १० महिनासम्ममा २ हजार ८८८ युनिट ईभी दर्ता भएका छन्। यसले अब ११ महिनामा कुल ३ हजार ६६९ युनिट विद्युतीय कार, जिप र भ्यान दर्ता भएका छन्।

बैशाख महिनामा जम्मा ३३५ युनिट ईभी दर्ता भएका थिए। यस्तै, चैतमा २७२ युनिट, फागुनमा २०२, माघमा ४२२, पुसमा ६८, मंसिरमा ३१५, कात्तिकमा ३३६, असोजमा ३०८, भदौमा ३२७ र साउनमा ३०३ युनिट दर्ता भएका छन्।

यस्तै यो महिना विद्युतीय सवारीको आयात पनि हालसम्मकै धेरै भएको छ। जसमा यो महिना मात्र ८६० युनिट ईभी नेपाल भित्रिएका भन्सार कार्यलयहरुले जनाएका छन्। चालु आर्थिक वर्षको ११ महिनामा ३ हजार ७८० युनिट ईभी नेपाल भित्रिएका छन्। जसमा एमजी र बीवाईडीको मात्र धेरै ईभी यो महिना आयात भएका छन्।

कुँवरका अनुसार बजेटपछि यातायात कार्यलयमा ईभी दर्ता गर्न कम्पनीहरुले आफ्ना ५ जनासम्म स्टाफ राख्ने गरेका छन् । फाइल तस्बिर

सम्बन्धित समाचारहरू

हुन्डाई बिक्रेता लक्ष्मी ग्रुपले सार्वजनिक ग-यो नेपाल भित्र्याउने इलेक्ट्रिक कारको मूल्य

हुन्डाई बिक्रेता लक्ष्मी ग्रुपले सार्वजनिक ग-यो नेपाल भित्र्याउने इलेक्ट्रिक कारको मूल्य

काठमाडौं – नेपाली बजारमा भित्रिने सार्वजनिक भएको चेरीको सब–ब्रान्ड काइई...

यस्ता छन् इलेक्ट्रिक एसयूभी टाटा ह्यारियरका ५ फिचर

यस्ता छन् इलेक्ट्रिक एसयूभी टाटा ह्यारियरका ५ फिचर

टाटा मोटर्सले बहुप्रतीक्षित ह्यारियर ईभी भारतमा लन्च गरेको छ। कम्पनीले...

सेरेसले सार्वजनिक ग-यो बजारमा आउने एइटो एम८ को एक्सटेरियर, आउन सक्छ नेपाल

सेरेसले सार्वजनिक ग-यो बजारमा आउने एइटो एम८ को एक्सटेरियर, आउन सक्छ नेपाल

चिनियाँ सवारी साधन निर्माता कम्पनीले सेरेसले नयाँ ब्रान्ड एइटोको नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...