बजेटपछि यी इलेक्ट्रिक कारमा भयो मूल्य समायोजन, टाटा नेक्सनको कहिले ?

आगामी आर्थिक वर्षको बजेटमा ५१ देखि १०० किलोवाट क्षमतासम्मका इलेक्ट्रिक कारमा भन्सार र अन्तःशुल्क वढेपछि सो सेग्मेन्टका कार आयात गरी कारोवार गर्दै आएका अधिकांश कम्पनीले मूल्य समायोजन गरिसकेका छन् । हालसम्म एमजी, नेटा, बीवाईडी र हुन्डाईले मूल्य समायोजन गरेका छन् भने यो सेग्मेन्टमा सवैभन्दा बढी माग हुँदै आएको टाटा नेक्सनका वारेमा भने आधिकारिक वितरक सिप्रदी ट्रेडिङ हालसम्म मौन वसेको छ ।

मूल्य समायोजन गरेका कम्पनीले लगभग पुरानै मूल्यलाई निरन्तरता दिएका छन् । जवकी भन्सारमा ५ प्रतिशतले वृद्धि र अन्तःशुल्क १० प्रतिशत लाग्ने प्रावधान अनुरुप पुरानो मूल्यमा २० प्रतिशतसम्म मूल्य वृद्धि हुने अपेक्षा गरिएको थियो तर, यो सेग्मेन्टको बजार विस्तार हुँदै गएको र मूल्यमा प्रतिस्पर्धा गर्न नसकिए बजार गुम्ने भयले विक्रेता कम्पनीले आफ्नो मार्जिनको हिस्सा नै कम गरी पुरानो मूल्यमा थोरै रकम वृद्धि गरेर मूल्य समायोजन गरेको सहजै अनुमान गर्न सकिन्छ ।

बजेट आए लगत्तै नेटा भी बिक्रता सीजी मोटर्सले पुरानो मूल्यमा १ लाख रुपैयाँ वृद्धि गरेर नयाँ मूल्य ३९ लाख सार्वजनिक गर्यो । त्यसको केही दिनपछि एमजी जेडएस ईभी बिक्रेता पारामाउन्ट मोटर्सले सो एसयूभीमा जम्मा ५० हजार रुपैयाँ वृद्धि गरेर नयाँ मूल्य सूची ल्यायो । बजेटअघि ५२ लाख ४९ हजार रुपैयाँमा बिक्री हुँदै आएको जेडएस ईभीको नयाँ मूल्य ५२ लाख ९९ हजार निर्धारण गरिएको छ ।

यी दुई कम्पनीले पुरानो मूल्यमा थोरै रकम वृद्धि गरेपछि बीवाईडी, हुन्डाई र टाटा माथि तत्कालै मूल्य समायोजन गर्नुपर्ने दवाव सिर्जना भएको थियो । सोही आधारमा बीवाईडी बिक्रेता साइमेक्स इंकले बजेटअघि ६४ लाख ९० हजारमा बिक्री गर्दै आएको एट्टो ३ मा १ लाख रुपैयाँ वृद्धि गरेर ६५ लाख ९० हजार तय गर्यो । साथै कम्पनीले ५० किलोवाट आवर क्षमताको ब्याट्री प्याकमा समेत सो एसयुभीलाई ल्याउने भन्दै नयाँ मूल्य सार्वजनिक गरेको छ । एजमी जेडएस र टाटा नेक्सन ईभीसँग मूल्यमा प्रतिस्पर्धा गर्ने गरी कम्पनीले सो एसयूभीलाई ५५ लाख ९९ हजार रुपैयाँमा उतार्न लागेको आँकलन गरिएको छ ।

हुन्डाईको कोनामा बिक्रेता कम्पनी लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले जम्मा एउटा मात्रै भेरिएन्टमा ४० हजार रुपैयाँले मूल्य वृद्धि गरेको छ । कुल तीन भरिएन्टमा उपलब्ध कोनाको टप भेरिएन्ट जीएलएसमा ४० हजारले वृद्धि भई ६४ लाख ९६ हजार पुगेको छ भने वाँकी दुई भेरिएन्ट एनएस र जीएलमा पुरानै मूल्य यथावत गरिएको छ । यी दुई भेरिएन्टलाई कम्पनीले क्रमश ६० लाख ९६ हजार र ६१ लाख ९६ हजारमा बिक्री गर्दै आएको छ ।

सो सेग्मेन्टमा सर्बाधिक बिक्री हुने नेक्सन ईभीमा बिक्रेता कम्पनी सिप्रदी ट्रेडिङले भने हालसम्म मूल्य समायोजन गरेको छैन । मूल्य समायोजनको विषयमा मौन वस्दै आएको कम्पनीले सम्भवतः पुरानै मूल्यलाई निरन्तरता दिन लागेको हो कि भनेर समेत अड्कलबाजी गर्न थालिएको छ ।

आफ्ना प्रतिस्पर्धी ब्रान्डले लगभग पुरानै मूल्यलाई निरन्तरता दिएको कारण कम्पनीमाथि धेरै अन्तरले मूल्य वृद्धि नगर्न दवाव सिर्जना गराएको छ भने बजारमा सवैभन्दा वढी माग हुँदै आएको मोडल भएका कारण उसले पुरानै मूल्यलाई निरन्तरता दिनसक्ने समेत आँकलन गरिएको छ । अन्य ब्रान्डले वढीमा १ लाखसम्म मात्र वृद्धि गरेका कारण नेक्सन ईभीमा मूल्य समायोजन भए पनि सो भन्दा वढी वृद्धि नहुने लगभग पक्कापक्की जस्तै देखिन्छ । नेक्सन ईभीलाई कम्पनीले हाल ३९ देखि ४४ लाख रुपैयाँसम्ममा बिक्री गर्दै आएको छ भने अर्को नयाँ भेरिएन्ट ईभी म्याक्सको मूल्य ४६ लाख ४९ हजार रुपैयाँ पर्छ ।

सम्बन्धित समाचारहरू

३० युनिट ई–क्युट०४ ग्राहकलाई हस्तान्तरण, यस्तो छ मुल्य र विशेषता

३० युनिट ई–क्युट०४ ग्राहकलाई हस्तान्तरण, यस्तो छ मुल्य र विशेषता

काठमाडौं–केईले नेपाल ल्याएको नयाँ ईभी ई–क्युट०४ ग्राहकलाई हस्तान्तरण...

प्रिमियम र स्मार्ट ह्याचब्याक नामी ०१ को प्रतीक्षा नेपालमा, यस्ता छन् ६ फरक विशेषता

प्रिमियम र स्मार्ट ह्याचब्याक नामी ०१ को प्रतीक्षा नेपालमा, यस्ता छन् ६ फरक विशेषता

नेपाली बजारमा नामी ०१ इलेक्ट्रिक ह्याचब्याकको बिक्री प्रारम्भ गर्ने...

अमेरिकाले बढाएको चिनियाँ इलेक्ट्रिक कारको भन्सार विवादमा भ्लादिमिर पुटिन पनि सामेल

अमेरिकाले बढाएको चिनियाँ इलेक्ट्रिक कारको भन्सार विवादमा भ्लादिमिर पुटिन पनि सामेल

अमेरिकाले इलेक्ट्रिक सवारीसाधन लगायतका चिनियाँ सामानमा भन्सार बढाउने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...