नयाँ इलेक्ट्रिक कार ओरा ०३, पृथक लुक्सले लोभ्याउला ग्राहक ?

नेपाली इभी बजारमा पछिल्लो समय ग्रेटावाल मोटर्सले उत्पादन गरेको नयाँ इलेक्ट्रिक कार ओरा ०३ भित्रिएको छ । यसअघि ओरा गुड क्याट नामले नेपाल आएपनिबिक्री शुरु नभएको यो कारलाई आधिकारिक वितरक भीजी इम्पेक्सले वुकिङ खुल्ला गरेको हो ।

ओरा ०३ हाल बजारमा उपलब्ध इलेक्ट्रिक कारको तुलनमा पृथक लुक्स एवं डिजाइनका साथ आएको छ । झट्ट हेर्दा फक्सवागन वीटल जस्तै देखिने रेट्रो क्लासिक लुक्स दिइएको यो कारमा गोलाकार एलइडी हेडल्याम्प पाउन सकिन्छ । स्लोपयुक्त स्लिक हुड र एयर इन्टेकको दायाँवायाँ दिइएको क्रोम स्लिटले यसलाई थप आकर्षक देखाएको छ । आधुनिक डिजाइनमा अभ्यस्त इभी पारखीका लागी यसको लुक्स एवं डिजाइन नै सवैभन्दा ठूलो सरप्राइज प्याकेज हो भन्दा फरक पर्दैन ।

हेर्दा सानो ह्याचव्याक जस्तो देखिने यो कारलाई कम्पनीले रेट्रो मोर्डनिटी क्रसओभर भनेको छ । जसमा ४७.७ किलोवाट आवरको लिथियम आइरन फस्फेट(एलएफपी) व्याट्री प्याक र ९९ किलोवाट क्षमताको पर्मानेन्ट म्याग्नेटिक सिंक्रोनस मोटर(पीएसएम) दिइएको छ । यसको पावर १३४ पिएस र टर्क २१० एनएम छ । यसलाई एकपटक फूल चार्ज गरेपछि ४०० किलोमिटर गुडाउन सकिने दावी गरिएको छ । पावर र रेन्जको तुलना गर्नुपर्दा यो कार टाटा नेक्सन इभी र नेटा भी भन्दा शक्तिशाली रहेको प्रष्ट हुन्छ ।

एसी र डीसी दुवै चार्जर सपोर्ट गर्ने ओरा ०३ लाई एसी चार्जरको साहयतामा ८ घन्टाभित्र फुल चार्ज गर्न सकिन्छ भने डिसी चार्जरले ४६ मिनेटमा २० देखी ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । यसलाई १५२ किलोमिटर प्रतिघन्टाको उच्च गतीमा हाँक्न सकिन्छ ।
यो कारको इन्टेरियर निकै नै आकर्षक र आरामदायी रहेको छ । यसमा डुअल टोन इन्टेरियर, ठुलो र फराकिलो क्याबिन, लेदर सिट, १७.५ इन्चको ठूलो डिस्प्ले, ६ तवरबाट एड्जस्ट गर्न मिल्ने ड्राइभर सीट, टु–वे ड्राइभर पावर सिट, एडप्टिभ क्रुज कन्ट्रोल, इलेक्ट्रोनिक पानारोमिक सनरुफ, पिएम २.५ फिल्टर सहितको अटोमेटिक एसी र वायरलेस चार्जिङ लगायत विशेषता दिइएको छ ।

यसमा ७ वटा एयरब्याग, एबीएसको साथमा ईबीडी, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ईसीएस), ट्रयाक्सन कन्ट्रोल सिस्टम, इलेक्ट्रोनिक पार्किङ ब्रेक, अप हिल असिस्ट कन्ट्रोल, अटोमेटिक भेइकल होल्ड, फ्रन्ट कोलिजन वार्निङ, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ जस्ता धेरै सेफ्टी फिचर पाउन सकिन्छ । त्यसैगरी रियर पार्किङ सेन्सर, ३६० डिग्री क्यामेरा सिस्टम जस्ता फिचर समेत दिइएको छ । अष्ट्रेलियन न्यू कार एसेसमेन्ट प्रोग्राम (एनक्याप) र युरो एनक्याप दुवैमा फाइभ स्टार सेफ्टी रेटिङ पाएका कारण यो सुरक्षाको हिसावले समेत अव्वल रहेको सावित हुन्छ ।

कम्फर्ट र सेफ्टिमा अव्वल सावित यो कारको ग्राउन्ड क्लिरियन्स भने जम्मा १४५ एमएम मात्र रहेको छ । जुन नेपाली सडकका लागी पर्याप्त नहुने अनुमान गरिएको छ । यसको मूल्य ४७ लाख ४९ हजार रुपैयाँ निर्धारण गरिएको छ । जुन टाटा नेक्सन र नेटा भी भन्दा केही महंगो भएपनि एमजी जेडएसको तुलनामा सस्तो हो ।

सम्बन्धित समाचारहरू

आईएमई इलेक्ट्रिक बन्यो मोटुल लुब्रिकेन्टको आउटस्ट्यान्डिङ बिजनेस पार्टनर

आईएमई इलेक्ट्रिक बन्यो मोटुल लुब्रिकेन्टको आउटस्ट्यान्डिङ बिजनेस पार्टनर

काठमाडौं – मोटुल लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक आईएमई...

भ्यालेन्टाइन डे अवसरमा बीवाईडीको एक्सक्लुसिभ फ्ल्यास सेल, एट्टो १ मा २ लाख छुट र अन्य अफर

भ्यालेन्टाइन डे अवसरमा बीवाईडीको एक्सक्लुसिभ फ्ल्यास सेल, एट्टो १ मा २ लाख छुट र अन्य अफर

काठमाडौं – नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले भोलि...

कस्तो रहला बीवाईडी एट्टो३ को नेपाली बजार

कस्तो रहला बीवाईडी एट्टो३ को नेपाली बजार

लामो समयको प्रतीक्षापछि अन्तत भोलि शनिबार नेपाली बजारमा बीवाईडी एट्टो३...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...