‘बिक्री पछिको सेवामा गरिएको लगानीले टीभीएसलाई स्थापित गरायो’ दीपक अग्रवालको अनुभव

एक दशक अटोमोवाइल क्षेत्रमा काम गरेको अनुभव संगाल्दै दुई साताअघि जगदम्बा मोटर्स छाडेका दीपक अग्रवालसँग विभिन्न संचार माध्यममा अटोमोवाइल क्षेत्रको समाचार लेख्दै आएका पत्रकारहरुले छलफल गरेका छन् ।

अटो पत्रकार संघले नलेज सेयरिङ कार्यक्रममा निम्त्याएर अग्रवालका अनुभव सुन्ने वातावरण तयार गरेको थियो । ८ वर्षभन्दा बढी समय जगदम्बा मोटर्समा बसेर टीभीएसका उत्पादन बिक्री गर्दै देशकै दोस्रो धेरै मोटरसाइकल बिक्री गर्ने कम्पनी बनाएका उनले यो दौरान गरेका काम सुनाएका थिए ।

‘सुरुदेखि नै टीभीएस राम्रो ब्राण्ड थियो । नेपालमा त्यसलाई सहि तरिकाले बिक्री गर्ने र बिक्रीपछिको सेवा दिने कुरामा पहिलेको बिक्रेता चुकेका थिए । जगदम्बा मोटर्सले ल्याएपछि विगतका गल्तीलाई ठिक गर्ने काममा फोकस भयौ’, अग्रावालले सुनाए ।

आफुहरु उत्कृष्ट सेवाको लागि निरन्तर लागि रहेको बताउँदै उनले भने, नयाँ प्रोडक्टरहरु आए, हामीले ग्राहकको गुनासा मेटाउन मेचीदेखि महाकालीसम्म नेटवर्क विस्तार गर्यौ । सर्भिसमा ठूलो लगानी गरेपछि नयाँ नेटवर्कको संजाल बन्यो । त्यसले हामीलाई अगाडि बढ्न सहयोग गर्यो ।’

अटोमोवाइल क्षेत्रमा आउनुअघि उनले वित्तिय क्षेत्रमा पनि काम गरेका थिए । शिक्षण, उत्पादन हुँदै अटोमोवाइल क्षेत्रमा आएर स्थापित भएका अग्रवाल नेपालमा ब्यवसाय गर्नेहरुले कहिँन कहिँ सामाजिक क्षेत्रमा खर्च गर्न आँट नदेखाएको कुरा मन्छन् । उनि भन्छन्, ‘निजी क्षेत्रले सामाजिक उत्तरदायीत्वमा विल्कुलै काम नगरेको होइन । तर, हाम्रा पब्लिक कम्पनीले जस्तो यति खर्च भनेर नछुट्टाएको भने हो । यसले निजी क्षेत्रलाई समाजले हेर्ने दृष्टिकोण पनि परिवर्तन हुन सकेन ।
अहिले जगदम्बा मोटर्सको सीइओबाट राजिनामा दिएर नयाँ ब्यवसायको सम्भावना खोजी रहेका अग्रवालले अब ईभी निर्वकल्प बन्दै गएको भन्दै सबै कम्पनीहरुको फोकस ईभी उत्पादनमा रहेको कारण यहाँ बिक्रेताले पनि आफुलाई त्यहि अनुसार तयार पार्नु पर्ने उनको भनाई थियो ।

अहिले अर्थतन्त्रमा समस्या देखिएको कारण बजारमा बिक्री घटेको हो । यो तत्काल सुध्रने होइन । क्रमिक रुपमा अबको एक वर्षपछि मात्रै बजार ट्रयाकमा फर्कने बताउँदै उनले भने, ‘कम्तीमा एक वर्ष सुधारको क्रममा जान्छ, त्यसपछि बजार तिब्र बिस्तारको बटोमा लाग्ने छ ।’

नेपालमा विद्युतीय दुई पाङ्ग्रेको भविष्य र एसम्बिङ उद्योगको विषयमा केही फरक अनुभव सुनाए । ‘नेपालमा चार पाङ्ग्रेको तुलनामा दुई पाङ्ग्रे विद्युतीय गाडीको मार्केट बढ्न सकेको छैन,’ उनले भने,‘ अहिले केही राम्रा २ पाङ्ग्रे बजारमा उपलब्ध भएपनि चल्तीका ठूला ब्रान्डको उत्पादन बजारमा नआएसम्म ग्राहकको आत्मविश्वास बढ्ने छैन ।’

नाडा अटोमोवाइल एशोसियशन अफ नेपालमा दुईपांग्रे एसम्बिलङ समितिका सहसभापति समेत रहेका अग्रवालले एसेम्बिङ उद्योग बढ्नु सुखद भएको बताए । उनले एसेम्बलिङबाटै अधिकांश देश उत्पादनको बाटोमा अग्रसर भएको बताउँदै भने, ‘सरकारले दीगोखालको नीति ल्यायो भने एसम्बल उद्योगसँगै पार्टस्का उद्योग खुल्न सक्छन् । नेपालमै भ्यालु एड गर्न सकिए बंगलादेश, पाकिस्तान जस्ता बजारमा नेपालबाटै उत्पादन गरेर पठाउन सकिन्छ ।’

नेपालमा एसम्बल भएका दुई पाङ्ग्रे साधनमा गुणस्तर राम्रो रहेको उनको भनाई थियो । अहिले उत्पादक कम्पनीबाटै सबै पार्टस् ल्याएर जाडन गर्ने भएकाले गुणस्तरमा प्रश्न गर्ने ठाउँ नभएको उनको दाबी छ । नेपाली बजारमा दुई पाङ्ग्रेमा प्रतिस्पर्धा गर्नको लागि एसम्बिङ उद्योग खोल्नु पर्ने अवस्था सिर्जना भएको उनको भनाई थियो । तयारी अवस्थाका दुई पाङ्ग्रेभन्दा नेपालमै एसम्बिङ गर्दा कम मूल्यमा बजारमा पु¥याउन सकिने उनको भनाई थियो ।

सम्बन्धित समाचारहरू

सन् २०२३ मा आएका बढी माइलेजका साथ उत्कृष्ट फिचर भएका कम मूल्यका बाइक

सन् २०२३ मा आएका बढी माइलेजका साथ उत्कृष्ट फिचर भएका कम मूल्यका बाइक

सन् २०२३ मा धेरै बाइक बजारमा लन्च भए । तीमध्ये यस्ता धेरै बाइक छन्, जुन...

टीभीएसले ल्यायो बाइक र स्कुटर किन्दा ६ पटक सम्म उपहार जित्ने अवसर

टीभीएसले ल्यायो बाइक र स्कुटर किन्दा ६ पटक सम्म उपहार जित्ने अवसर

काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले बडादशै,...

भारतमा इलेक्ट्रिक टु–ह्विलरको बिक्री पहिलोपटक वर्षमा १० लाख यूनिट नाघ्यो

भारतमा इलेक्ट्रिक टु–ह्विलरको बिक्री पहिलोपटक वर्षमा १० लाख यूनिट नाघ्यो

भारतमा इलेक्ट्रिक टु–ह्लिरको बिक्रीले उच्च बृद्धिदर कायम गरेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...