भल्वोको दोस्रो इलेक्ट्रिक कार सी४० रिचार्ज सार्वजनिक, ५३० किमी रेन्ज

भल्वो सी४० रिचार्ज ईभी आधिकारिक रूपमा भारतमा सार्वजनिक गरिएको छ । जुलाई २०२२ मा ल्याइएको एक्ससी४० रिचार्ज पछि भारतीय बजारमा यो कम्पनीको दोस्रो इलेक्ट्रिक कार हो ।

भल्वो सी४० रिचार्ज ईभीको मूल्य अगस्तमा सार्वजनिक गरिने छ र यो एक्ससी४० भन्दा महँगो हुने अनुमान छ । सो इलेक्ट्रिक कारको बुकिङ पनि सोही समयमा सुरु हुनेछ । यसको बुकिङ वेबसाइट मार्फत लिइनेछ । सो ईभीको डेलिभरी सेप्टेम्बरबाट सुरु हुने अपेक्षा गरिएको छ ।

सो इलेक्ट्रिक कारमा एलईडी हेडलाइट, भर्टिकल एलईडी टेललाइट र रेडिएटर ग्रिलको सट्टा क्लोज्ड प्यानल दिइएको छ । भल्वो सी४० मा स्लोपिङ रूफलाइन समावेश छ जसले यसलाई एक्ससी४० रिचार्ज भन्दा फरक देखाइएको छ ।

भल्वो सी४० मा कम्पनीले ७८ किलोवाट क्षमताको ब्याट्री दिएको छ । यो ब्याट्री ८० प्रतिशत चार्ज हुन ३३ मिनेट मात्र लाग्छ । साथै यसमा दिइएका मोटरमा १५० किलोवाट क्षमताका २ वटा मोटरहरु छन् । यस मोटरबाट एसयूभीले ४०२ बीएचपी पावर र ६६० एनएम टर्क जेनेरेट गर्छ । यो एसयूभी फुल चार्जमा ५३० किलोमिटरसम्म चल्न सक्छ । यसको उच्च गति १८० किमी प्रतिघन्टा छ ।

सी४० रिचार्जमा ९.० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, फुल्ली डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, प्यानोरामिक सनरुफ जस्ता फिचर दिइएको छ । भल्वो सी४० रिचार्जले भारतमा मर्सिडिज बेन्ज ईक्युबी, बीएमडब्ल्यु आई४, हुन्डाई आयोनिक ५ सँग प्रतिस्पर्धा गर्नेछ ।

भल्वो सी४० रिचार्जमा फ्रन्ट, कर्टेन, साइड र ड्राइभर नी एयरब्याग, ईबीडीको साथमा एबीएस, ब्रेक असिस्ट, एडीएएस र ३६० डिग्री क्यामेराको साथमा हिल स्टार्ट असिस्ट टेक्नोलोजी जस्ता सेफ्टी फिचर प्रदान गरिएको छ ।

सम्बन्धित समाचारहरू

बीवाईडीले सार्वजनिक ग-यो अर्को छुट्टै ‘एफ’ ब्रान्ड, पहिलो गाडी ‘एसयूभी’ हुने

बीवाईडीले सार्वजनिक ग-यो अर्को छुट्टै ‘एफ’ ब्रान्ड, पहिलो गाडी ‘एसयूभी’ हुने

विश्वबजारमै उदयीमान कार निर्माताका रुपमा स्थापित चिनियाँ अटो निर्माता...

नेपाली नारीको रोजाइमा पर्न सफल ३ विद्युतीय कार, यस्तो छ मूल्य र विशेषता

नेपाली नारीको रोजाइमा पर्न सफल ३ विद्युतीय कार, यस्तो छ मूल्य र विशेषता

केही वर्ष अघिसम्म नेपालमा नारीलाई घरबाहिर निस्कन निकै सकस हुने अवस्था...

इलेक्ट्रिक कार मालिकका लागि चेतावनी, आगलागिबाट जोगिन यी उपाय अपनाऔं

इलेक्ट्रिक कार मालिकका लागि चेतावनी, आगलागिबाट जोगिन यी उपाय अपनाऔं

हालै सामाजिक सञ्जालमा महिन्द्रा बीई६ इलेक्ट्रिक कारमा आगो लागेको भिडियो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...