हुन्डाईका इलेक्ट्रिक कार किन्न प्रभु बैंकले सुलभ दरमा कर्जा दिने

काठमाडौं – हुन्डाईका इलेक्ट्रिक सवारी साधन किन्नका लागि आवश्यक कर्जा सुलभ दरमा प्रवाह गर्नका लागि प्रभु बैंकसँग सम्झौता भएको छ ।

यस सम्बन्धी सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत रेनु प्रसाद पाण्डे र हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका तर्फबाट महाप्रबन्धक इन्द्र सापकोटाले हस्ताक्षर गरे ।

सम्झौता अनुसार लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिबाट आयात गरिएको इलेक्ट्रिक भेइकल, इच्छुक ग्राहकले खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी व्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था भएको छ ।

हाल बैंकको देशभर रहेको ३०१ शाखाबाट नै कर्जा सुविधा उपलब्ध हुने बैंकले जनाएको छ ।

यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणिय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको छ ।

सम्बन्धित समाचारहरू

पब्जीमा अब टेस्लाका कार चलाउन पाइने

पब्जीमा अब टेस्लाका कार चलाउन पाइने

काठमाडौं – पब्जी मोबाइल गेममा अब टेस्लाका कार चलाउन पाइने भएको छ । यस...

ओमोडा मेगा मनसुन अपग्रेड सुरु : १ वर्षका लागि ब्याज नलाग्ने

ओमोडा मेगा मनसुन अपग्रेड सुरु : १ वर्षका लागि ब्याज नलाग्ने

काठमाडौँ – ओमोडा एन्ड जेइकोको लागि नेपालमा आधिकारिक वितरक, एसपीजी...

नेपालको इलेक्ट्रिक टु ह्विलर बजारमा ठूला कर्पोरेट हाउसको प्रवेश, अब पालो बजाज र टीभीएसको

नेपालको इलेक्ट्रिक टु ह्विलर बजारमा ठूला कर्पोरेट हाउसको प्रवेश, अब पालो बजाज र टीभीएसको

नेपालमा इलेक्ट्रिक स्कुटर आयात हुन थालेको लगभग २ दशक समय बितिसकेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...