कति लाग्छ चार्ज गर्दा शुल्क ? घिसिङले भने – निजी क्षेत्रले लिने बढी शुल्क नियन्त्रण गर्छौ
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निजी...
चीनको अग्रणी ब्याट्री सप्लायर गोसन हाई टेकले १ हजार किलोमिटर रेन्ज दिने नयाँ प्रविधिको ब्याट्री एस्ट्रोइनोलाई सार्वजनिक गरेको छ । हाल प्रयोगमा आइरहेको लिथियम ब्याट्रीको तुलनमा यो निकै सस्तो र हलुका हुनुको साथै शक्तिसाली समेत हुने जनाइएको छ ।
सो नयाँ प्रविधिको ब्याट्रीलाई हाल प्रयोगमा आइरहेको लिथियमा आइरन फस्फेट(एलएफपी) मा म्याग्नेसिस थप गरेर ल्याइएको हो । जसका कारण यसको इनर्जी डेन्सिटी वढि हुन्छ भने मूल्य समेत कम पर्छ । एलएफपी र निकेल कोवाल्ट व्याट्रीको तुलनमा यसको इनर्जी डेन्सिटी निकै वढि हुने कम्पनीले जनाएको छ ।
एलएफपी ब्याट्रीको इनर्जी डेन्सिटी १९० वाट आवर प्रति किलोग्राम र निकेल कोवाल्टको १५० देखी २२० वाट आवर प्रति किलोग्रामसम्म हुँदा यो नयाँ प्रविधीयुक्त ब्याट्रीको इनर्जी डेन्सिटी भने २४० वाट आवर प्रति किलोग्राम हुने कम्पनीले दावी गरेको छ । यो नयाँ ब्याट्रीले हाल प्रयोगमा आइरहेको लामो रेन्ज दिने इभीमा प्रयोग हुँदै आएको निकेल कोवाल्ट सेललाई विस्थापन गर्ने आँकलन गरिएको छ ।
कम्पनीले यसको उत्पादन अर्को वर्षदेखी शुरु गर्ने तयारी थालेको छ । उत्पादनको अन्तिम चरणमा रहेका कारण यसको सेफ्टि टेष्ट समेत भइसकेको छ । सो नयाँ ब्याट्रीले सीएटिएलले विकास गर्ने भनिएको कन्डेन्स्ड–स्टेल ब्याट्री र टोयोटाको फ्लोराइड आयोन ब्याट्रीसंग कडा टक्कर गर्ने अनुमान गरिएको छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निजी...
हुन्डाईको लोकप्रिय इलेक्ट्रिक क्रसओभर कोनाको न्यूनतम रिसेल मूल्य ४० लाख...
हिरोले फेस्टिभ सिजनको अवसरमा हिरोको नयाँ इलेक्ट्रिक स्कुटर भिडा आज भारतमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...