अब जेडएस ईभी लङ रेन्जको मूल्य १० लाख कम

काठमाडौं – नेपाली बजारमा एमजी मोटर्सका इलेक्ट्रिक सवारी साधन बिक्री–वितरण गरिरहेको पारामाउन्ट मोटर्सले एमजी जेडएस ईभीको लङ रेन्जको मूल्य १० लाख रुपैयाँले घटाएको छ ।

पहिले यो गाडीको मूल्य ८१ लाख ९९ हजार रुपैयाँ भएकोमा अब यसको मूल्य ७१ लाख ९९ हजार रुपैयाँ मात्र हुनेछ ।

सरकारले गत जेठ १५ गते सार्वजनिक गरेको आर्थिक विधेयकमा १०० किलोवाटदेखि २०० किलोवाट क्षमताका मोटर जडान भएका ईभीमा १० प्रतिशत भन्सार र १० प्रतिशत अन्तःशुल्क घटाएसँगै लङ रेन्ज जेडएस ईभीको मूल्य घटेको हो ।

अन्य सबै फिचर समान रहेको ९९ किलोवाटको जेडएस ईभीको तुलनामा लङ रेन्जमा ब्याट्री साइजसँगै मोटर साइज पनि ठूलो छ । लङ रेन्ज मोडलमा ११५ किलोवाट क्षमताको मोटर छ भने अर्कोमा ९९ किलोवाटको मात्रै मोटर दिइएको छ ।

लङ रेन्ज एमजी जेडएस ईभीमा ७२.६ किलोवाट ब्याट्री छ, जसको रेन्ज ४४० किलोमिटर हुनेछ । सो गाडीको ग्राउन्ड क्लियरेन्स १७५ एमएम छ ।

यसको इन्टेरियरमा १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र ७ इन्चको डिजिटल ड्राइभर डिस्प्ले रहेको छ । यसका साथै रोटरी डायल गियर नब, ड्राइभिङ मोड र ब्रेकिङ रिजेनेरेसन रहेको छ । यसमा हेडल्याम्प, इन्टिग्रेटेड एलईडी डीआरएल, एलईडी टेलल्याम्प आदि छन् ।

यो गाडीमा एमजी पाइलट नाम दिइएको अटोमेटिक इमर्जेन्सी ब्रेकिङ सहितको एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम रहेकोले निकै नै सुरक्षित मानिएको छ । यसमा १३० एचपीको पावर र २८० एनएमको टर्क भएको पर्मानेन्ट म्याग्नेट सिंक्रोनस मोटर रहेको छ ।

यो गाडी ८.५ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टाको गतिमा गुड्न सक्छ । एमजीको ग्लोबल डिजाइन भएको यो गाडीमा पानोरामिक सनरुफ, १७ इन्चको डायमन्ड कट अलोय ह्विल र २.५ को पीएम फिल्टर लगायतका धेरै सुविधा रहेका छन् ।

एमजी जेडएस ईभी २०२२ मा पावर्ड ड्राइभर सिट, अटोमेटिक हेडलाइट र वाइपर, कनेक्टेड कार टेक्नोलोजी, ६ वटा एयरब्याग, हिल स्टार्ट, हिल डिसेन्ट कन्ट्रोल, अल ह्विल डिस्क ब्रेक, टायर प्रेसर मोनिटरिङ सिस्टम, अडेप्टिभ क्रुज कन्ट्रोल, लेन किप असिस्ट र ३६० डिग्री क्यामेरा जस्ता विभिन्न फिचर उपलब्ध छन् ।

सम्बन्धित समाचारहरू

नेपालमा एमजी विन्ड्सरको दुई भेरिएन्टमात्रै उपलब्ध हुने, मूल्य कति ?

नेपालमा एमजी विन्ड्सरको दुई भेरिएन्टमात्रै उपलब्ध हुने, मूल्य कति ?

एमजीको वहुप्रतिक्षित बिद्युतिय कार विन्डसर नेपाल आएको छ । नेपालका लागि...

४ हजार ६६० मिटर उचाइमा रहेको कोर–ला पास पुग्यो एमजी४ ईभी

४ हजार ६६० मिटर उचाइमा रहेको कोर–ला पास पुग्यो एमजी४ ईभी

काठमाडौं– नेपाली बजारमा लोकप्रिय वनिरहेको इलेक्ट्रिक कार एमजी४ ले अपर...

एमजीले देखायो नेक्स्ट जेन हेक्टरको क्याविन

एमजीले देखायो नेक्स्ट जेन हेक्टरको क्याविन

एमजीले निकट भविषयमै बजारमा आउने तयारी भैरहेको नेक्स्ट जेन हेक्टरको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...