चांगानले सार्वजनिक गर्यो आफ्नै ड्राइभर असिस्टेन्स सिस्टम ‘एसडीए पाइलट’
चिनियाँ अटोमोबाइल निर्माता कम्पनी चांगान अटोमोबाइलले आफ्नै इन्जिनियरिङ...
भारतीय बजारमा लम्ब्रेटा, एलएमएल र काइनेटिक लुनाको इलेक्ट्रिक भर्सन आउने भएको छ । केही दिन अघि इलेक्ट्रिक लुनाको फोटो सार्वजनिक भएको थियो भने अटो एक्पोमा एलएमएलको इलेक्ट्रिक स्कुटर सार्वजनिक भएको थियो । यी ३ स्कुटरको भारतीय बजारमा ओला इलेक्ट्रिक, टीभीएस आईक्युब, हिरो भिडा भी१, एथर इनर्जी आदिसँग प्रतिस्पर्धा हुनेछ ।
लम्ब्रेटा
१९६० को दशकमा निकै लोकप्रिय इटालियन ब्रान्डको लम्ब्रेटा स्कुटर पुनरागमन हुने तयारीमा छ । सो स्कुटरको डिजाइन पुरानै भए तापनि यसको फिचरमा भने केही परिवर्तन गरिएको छ । यसमा रेट्रो र एड्भान्स दुबैको झलक देख्न सकिन्छ । यद्यपि सो स्कुटरको डिटेल सार्वजनिक भएको छैन ।
एलएमएल स्टार
भारतीय बजारमा चाँडै नै एलएमएलको इलेक्ट्रिक स्कुटर आउने भएको छ । सो स्कुटर डिसेम्बरमा लन्च गर्ने भएको छ । सो स्कुटरले भिडा भी१, टीभीएस आईक्युब, बजाज चेतक र एथरसँग प्रतिस्पर्धा गर्नेछ । यसको फ्रन्टमा टेलिस्कोपिक सस्पेन्सन र रियरमा सिंगल स्प्रिङ सक एब्जर्बर समावेश हुनेछ । यसमा ३६० डिग्री क्यामेरा, इन्स्ट्रयुमेन्ट डिस्प्ले, एडजस्टेबल सिटिङ, अटो हेडल्याम्प जस्ता फिचर हुनेछ । सो स्कुटरमा ४ किलोवाटको ब्याट्री जडान गरिनेछ ।
काइनेटिक लुना
लगभग ५० वर्ष पहिले काइनेटिक इन्जिनियरिङद्वारा भारतीय बजारमा लन्च गरिएको लुना अब इलेक्ट्रिक मोडलमा लन्च हुने भएको छ । यसले सिंगल चार्जमा ७० देखि ८० किलोमिटरको रेन्ज प्रदान गर्नेछ । यसको टप स्पिड २५ किलोमिटर प्रतिघन्टा हुनेछ । यसमा इलेक्ट्रिक सेल्फ स्टार्ट, एलईडी हेडलाइट, डीआरएल, डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल र यूएसबी चार्जरका साथै अन्य धेरै विशेष फिचर दिइएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...