हुन्डाईको नयाँ इन्जिनमा आउँदै किया सेल्टोस र क्यारेन्स, पावर र टर्क वढ्ने
कियाको लोकप्रिय एसयूभी सेल्टोस र क्यारेन्स छिट्टै विएस६ फेज टु इन्जिनका...
किया इन्डियाको प्रिमियम एसयूभी सेल्टोसले लन्च भएको ४६ महिना भित्रमा ५ लाख युनिट बिक्रीको आँकडा पार गरेको छ । सो एसयूभी सन् २०१९ मा लन्च भएको थियो ।
मेक इन इन्डिया, फर द वर्ल्डको नाराको साथमा पेश गरिएको सेल्टोस एसयूभीले ग्राहकको मन र विश्वास जितेको र सबैभन्दा लोकप्रिय र भरपर्दो अटोमोटिभ ब्रान्ड बनेको छ । किया इन्डियाको बिक्रीमा ५५ प्रतिशत योगदान सेल्टोसको रहेको छ । सेल्टोसका १ लाख ३५ हजार ८८५ युनिट बढी निर्यात भइसकेको छ ।
सेल्टोसले भारतीय बजारमा हुन्डाई क्रेटा, टाटा ह्यारियर, एमजी हेक्टर, स्कोडा कुशांक र निसान किकसँग प्रतिस्पर्धा गर्छ । मिडिया रिपोर्टका अनुसार किया इन्डियाले जुलाई २०२३ मा किया सेल्टोस फेसलिफ्ट सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
किया सेल्टोस म्यानुअल र अटोमेटिक गियरबक्स विकल्प सहित पेट्रोल र डिजेल इन्जिन दुवै विकल्पमा उपलब्ध छ । हाल यो हुन्डाई क्रेटा पछि भारतमा दोस्रो मिड एसयूभी हो । कम्पनीले भारतमा २०२३ को पहिलो त्रैमासिकमा एसयूभीको २७ हजार युनिट बेचेको थियो ।
नेपाली बजारमा पनि किया सेल्टोस उपलब्ध छ र यसको बिक्री तुलनात्मक रुपमा राम्रो छ ।
कियाको लोकप्रिय एसयूभी सेल्टोस र क्यारेन्स छिट्टै विएस६ फेज टु इन्जिनका...
पेट्रेल र डिलेको आकाशिंदो मूल्य बृद्धिसंगै सवारीसाधन संचालन गर्दा लाग्ने...
किया इन्डियाले फरवरी १५ मा नयाँ किया क्यारेन्स भारतमा लन्च गरेको थियो र...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...