८ मिनेटमा खेल खत्तम : मूल्य ५० प्रतिशत बढाउँदा पनि ४८० सेकेण्डमा सबै कार बिक्रीको रेकर्ड

फक्सवागनले सबैभन्दा लोकप्रिय ह्याचब्याक गल्फको स्पेसल एडिसन गल्फ आर ३३३ लन्च गरेको छ । कम्पनीले सो कारको लिमिटेड एडिसन मात्र बजारमा ल्याएको हो ।

रिपोर्टका अनुसार लामो समयदेखि प्रतीक्षामा रहेको सो कार असामान्य तरिकाले बिक्री भएको छ । सो कारको सबै युनिट मात्र ४८० सेकेन्ड बिक्री भएको थियो । कम्पनीले यसको मूल्य पुरानो मोडलको तुलनामा ५० प्रतिशत बढाएको थियो । यो फक्सवागन गल्फको अहिलेसम्मकै सबैभन्दा महँगो भेरिएन्ट भएको छ ।

फक्सवागनले गल्फ आर ३३३ जर्मनीमा ७६ हजार ४१० युरोमा लन्च गरेको थियो । यसअघि २०२२ मा लन्च भएको गल्फको मूल्य ५९ लाख ९९५ युरो थियो ।

कम्पनीले गल्फको स्पेसल एडिसनमा २.० लिटर टर्बोचार्ज इन्जिन दिएको छ । सो इन्जिनले ३२८ हर्स पावर उत्पादन गर्छ र यसको पिक टर्क ४२० एनएमको छ । सो कारको विशेषता भनेको यसको टप स्पिड र पिकअप हो ।

कम्पनीले यसको डिजाइनमा पनि परिवर्तन गरेको छ । यसको अगाडिको ग्रिल र बम्पर परिवर्तन गरिएको छ । साथै, यसको लाइट पनि आकर्षक बनाइएको छ । यसमा नयाँ फिचर पनि समावेश गरिएको छ र कारमा प्यानोरामिक सनरुफ पनि थपिएको छ ।

सम्बन्धित समाचारहरू

चितवनमा २ चार्जिङ स्टेसन सञ्चालन, ६ वटा गाडी चार्ज गर्न मिल्ने

चितवनमा २ चार्जिङ स्टेसन सञ्चालन, ६ वटा गाडी चार्ज गर्न मिल्ने

भरतपुर- चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। भरतपुरको...

अब हायर पर्चेज कम्पनीले पनि ईभीका लागि ६० प्रतिशत मात्र कर्जा दिने, ईभी व्यवसायमा अर्को झड्का

अब हायर पर्चेज कम्पनीले पनि ईभीका लागि ६० प्रतिशत मात्र कर्जा दिने, ईभी व्यवसायमा अर्को झड्का

काठमाडौं – विद्युतीय सवारी साधनमा लागू भएको लोन टु भ्यालु रेसियाेकाे...

प्रिमियम इलेक्ट्रिक एसयूभी एलईभी ०१ नेपाल आउने

प्रिमियम इलेक्ट्रिक एसयूभी एलईभी ०१ नेपाल आउने

विश्वको प्रतिष्ठित डिजाइन हाउस सांघाई लन्च अटोमोटिभको पहिलो प्रिमियम...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...