रोयल इन्फिल्ड मोटरसाइकल अब नेपालमै बन्ने घोषणा

काठमाडौं – विश्व प्रसिद्ध मोटरसाइकल ब्रान्ड रोयल इन्फिल्डको उत्पादन अब नेपालमै हुने भएको छ ।

रोयल इन्फिल्डले नेपाली व्यापारिक घराना त्रिवेणी समूहसँगको सहकार्यमा नेपालमै मोटरसाइकल एसेम्बल गर्न सिकेडी युनिट सञ्चालन गर्ने घोषणा गरेको छ। कम्पनीले वीरगन्जमा उत्पादन केन्द्र स्थापना गर्न लागेको हो। 

भारतको तामिलनाडुमा रहेको रोयल इन्फिल्डको प्रमुख उत्पादन केन्द्र बाहेक विश्वको चार स्थान (ब्राजिल, थाइल्यान्ड, कोलम्बिया र अर्जेन्टिना) मा सिकेडी एसेम्बली युनिट छन्। नेपालमा बन्ने सिकेडी युनिट पाँचौँ हो। यस युनिटको स्थापनाले सार्क क्षेत्रमा नै आफ्नो व्यापार विस्तार गर्न मद्दत पुग्ने विश्वास कम्पनीको छ।

'पछिल्ला केही वर्षमा विश्वव्यापी रूपमा मध्यम आकारको मोटरसाइकलको विकास र विस्तार गर्ने हाम्रो प्रयास छ। अन्तर्राष्ट्रिय स्तरमा हामीले ठुलो सफलता पनि हासिल गरेका छौँ। रोयल इन्फिल्ड अब बेलायत, कोरिया, अस्ट्रेलिया, न्युजिल्यान्ड जस्ता बजारहरूमा मध्यम-खण्डका मोटरसाइकल ब्रान्डहरूमध्ये शीर्ष स्थानमा छ,' रोयल इन्फिल्डका सिइओबी गोविन्दराजनले नेपालमा सिकेडी युनिटको उद्घाटन भएकोमा यसमा संलग्न टोलीलाई बधाई दिँदै कम्पनीको विश्वव्यापी महत्त्वाकांक्षा धारणा राखेका थिए। 

कम्पनीले दुई नयाँ बाइक पनि सार्वजनिक गरेको छ। कम्पनीले नयाँ क्लासिक ३५० र एडिभी क्रसओभर स्क्राम ४११ लन्च गरेको हो। 

रोयल इन्फिल्डका सिसिओ यादवविन्द्र सिंह गुलेरियाले यी दुई बाइकसँगै नेपालमा नयाँ सिकेडी युनिट सञ्चालन गर्न पाउँदा खुशी व्यक्त गरे। उनले नेपालमा बजार विस्तार गर्ने प्रतिबद्धता जनाउँदै आगामी वर्षमा ३५ वटा नेटवर्क विस्तार गर्ने बताए। हाल कम्पनी १८ रिटेल नेटवर्क छन्। 

उनले वीरगन्ज युनिटबाट प्रति वर्ष २० हजारभन्दा बढी मोटरसाइकल तयार पार्न सक्ने क्षमता रहेको बताए। यहाँ विशेष गरी हिजो सार्वजनिक नयाँ क्लासिक ३५० र स्क्राम ४११ को उत्पादन हुने बताइएको छ।

नयाँ द क्लासिक ३५०

द क्लासिक ३५० एक उत्कृष्ट रेट्रो शैलीको मोटरसाइकल हो। यसको डिजाइन दोस्रो विश्वयुद्धपछि विश्वभरका मोटरसाइकल प्रेमीहरूले मन पराएको बेलायती मोटरसाइकलबाट प्रेरित रहेको कम्पनीको भनाइ छ। यस सिग्नेचर स्टाइलका साथै सरल र सुरुचीपूर्ण डिजाइन भएको आरामदायी सवारीमा जे-सिरिज इन्जिन जडान गरिएको छ। क्लासिक ३५० सिंगल च्यानल एबिएस जडित छ। यो ६ विभिन्न रंग विकल्पमा उपलब्ध हुनेछ। कम्पनीले यो बाइकको मूल्य चार लाख ९९ हजार रूपैयाँ तोकेको छ। 

स्क्राम ४११

स्क्राम ४११ रोयल एन्फिल्डको पहिलो सहरी एड्भेन्चर क्रसओभर हो। यसलाई रोयल इन्फिल्डको एलएस-१४० इन्जिन प्लेटफर्म र ह्यारिस पर्मफेन्स चेसिसमा निर्माण गरिएको छ। यो सहरी सडकहरूका साथै रफ-रोडिङ का लागि पनि उत्तिकै सुहाउँदो छ। नेपालमा स्क्राम ४११ ह्वाइट फ्लेम, सिल्भर स्पिरिट, ब्लेजिङ ब्ल्याक, स्काइलाइन ब्लु, ग्रेफाइट येलो, ग्रेफाइट रेड र ग्रेफाइट ब्लू लगायत गरी सात रङमा उपलब्ध हुने कम्पनीको भनाइ छ। यो बाइकको मूल्य जम्मा ६ लाख ६० हजार रूपैयाँ तोकिएको छ। ‍

सम्बन्धित समाचारहरू

यस्तो हुनेछ रोयल इन्फिल्डको सबैभन्दा सानो र कम मूल्यको बाइक

यस्तो हुनेछ रोयल इन्फिल्डको सबैभन्दा सानो र कम मूल्यको बाइक

रोयल इन्फिल्डले आफ्नो नयाँ बाइक हन्टर ३५० लन्च गर्ने तयारी गरेको छ । ३५०...

हन्टर ३५० को खरिदमा १५ हजारको एसेसरिज निःशुल्क

हन्टर ३५० को खरिदमा १५ हजारको एसेसरिज निःशुल्क

काठमाडौं– रोयल इन्फिल्डको सस्तो मोटरसाइकल हन्टर ३५० खरिद गर्दा १५ हजार...

बार्सिलोनामा लन्च हुँदै रोयल इन्फिल्ड गुरिल्ला ४५०

बार्सिलोनामा लन्च हुँदै रोयल इन्फिल्ड गुरिल्ला ४५०

रोयल इन्फिल्डका प्रबन्ध निर्देशक सिद्धार्थ लाल र प्रमुख कार्यकारी अधिकृत...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...