रोयल इन्फिल्डका दुई मोटरसाइकल नेपालमा, करिव १ लाख ५० हजार कम मूल्यका साथ क्लासिक ३५० लन्च

काठमाडौं – रोयल इन्फिल्डका दुई मोटरसाइकल क्लासिक ३५० बीएस६ र स्क्राम ४११ नेपालमा लन्च भएको छ । आज एक कार्यक्रमका बीच नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभले यी दुई बाइक लन्च गरेको हो ।

रोयल इन्फिल्ड क्लासिक ३५० नेपाली बजारमा पहिले देखि नै उपलब्ध थियो । यद्यपि यो अब बीएस६ भर्सनमा उपलब्ध भएको छ । यसको मूल्य ४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । पहिले नेपाली बजारमा उपलब्ध क्लासिक ३५० को मूल्य ६ लाख ५० हजार रुपैयाँ थियो ।

क्लासिक ३५० बीएस६ मा ३४९ सीसी क्षमताको एफआई इन्जिन रहेको छ, जसले २० पीएस पावर तथा २७ एनएम टर्क जेनेरेट गर्छ ।

त्यसैगरी स्क्राम ४११ को मूल्य ६ लाख ६० हजार रुपैयाँ तोकिएको छ । रोयल एनफिल्ड स्क्राम ४११ मा पावरको लागि हिमालयन जस्तै ४११ सीसी सिंगल सिलिन्डर इन्जिन दिइएको छ, जसले २४.३ बीएचपी पावर र ३२ एनएमको टर्क जेनेरेट गर्छ ।

रोयल इन्फिल्डको नयाँ आधिकारिक वितरक नियुक्त भए पश्चात अल्फा अटोमोटिभले नयाँ मोडल नेपाली बजारमा उपलब्ध गराएको हो । आगामी दिनमा नेपालमै रोयल इन्फिल्डका बाइक एसेम्बल गर्ने तयारी समेत कम्पनीको रहेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...