तीन दिने ‘विद्युतीय सवारी चार्जिङ स्टेशन’ सञ्चालन सम्बन्धी तालिम सम्पन्न

काठमाडौँ । नेपाल विद्युत प्राधिकरण तालिम केन्द्रद्वारा आयोजित विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालन तालिमको समापन भएको छ।

देशभरका विभिन्न स्थानमा रहेका प्राधिकरणका कर्मचारीहरूलाई विद्युतीय चार्जिङ स्टेशन सञ्चालन एवम् व्यवस्थापनसम्ब्धी कार्यशालाहरू प्रदान गरिएको थियो । उक्त तालिम तीन दिनेरहेको थियो ।

बिहीबार तालिमको समापन घोषणासँगै सहभागी र प्रशिक्षकहरूलाई प्रमाण-पत्र वितरण गरिएको छ।

'विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालन' तालिममा २६ जना सहभागी थिए। प्राधिकरणको खरिपाटी, भक्तपुरस्थित तालिम केन्द्रमा आयोजित तालिम गत जेठ १६ गतेदेखि सुरू भएको हो।

प्राधिकरणले ५१ स्थानमा चार्जिङ स्टेशन सञ्चालन जडान गरेको छ। त्यसमध्ये देशभर ३८ वटा चार्जिङ स्टेशन सञ्चालनमा छन्। आगामी सातादेखि थप ८ वटा विभिन्न स्थानमा जडित चार्जिङ स्टेशन पनि सञ्चालनमा आउने बताइएको छ। र, बाँकी ५ वटा चार्जिङ स्टेशन भने अबको केही महिनादेखि नियमित रूपमा सञ्चालनमा आउनेछ।

यीबाहेक प्राधिकरणले थप ११ स्थानमा चार्जिङ स्टेशन निर्माण काम अघि बढाएको छ। प्राधिकरणले एसियाली विकास बैंकको सहयोगमा चार्जिङ स्टेशन निर्माण गरिरहेको हो।

वातावारणमैत्री सवारी साधन सञ्चालनलाई जोड दिन, पेट्रोलियम पदार्थको कम खपत गरी आयात घटाउन र विद्युत खपत बढाउने उद्देश्यसहित सरकार विद्युतीय सवारी साधनको सञ्चालनमा जोड दिइरहेको छ। यस्तो अवस्थामा प्राधिकरणले विद्युतीय सवारी साधन चालकहरूलाई सहजता प्रदान गर्न र उनीहरूलाई प्रोत्साहन गर्न विभिन्न स्थानमा चार्जिङ स्टेशन जडान गरिरहेको हो।

सम्बन्धित समाचारहरू

टेस्ला भुलाउने दिपल एस०७, वेलकमिङ सिट देखि जेस्चर कन्ट्रोल सम्मका फिचरले भरिपूर्ण

टेस्ला भुलाउने दिपल एस०७, वेलकमिङ सिट देखि जेस्चर कन्ट्रोल सम्मका फिचरले भरिपूर्ण

पछिल्लो समय नेपालमा फयुचरिस्टिक ईभी आउने क्रम तीव्र गतिमा बढी रहेको छ ।...

ईभी बजारमा चाइनिज एयरलाइनको प्रवेश, चीनमा डेब्यु गर्नु अघि थाइल्यान्डमा लन्च ग-यो पहिलो ईभी

ईभी बजारमा चाइनिज एयरलाइनको प्रवेश, चीनमा डेब्यु गर्नु अघि थाइल्यान्डमा लन्च ग-यो पहिलो ईभी

चाइनिज एयरलाइन जुनयाओ एयरलाइनले चाइनिज घरेलु बजारमा डेब्यु गर्नु अघि...

सिंहदरबारभित्र चार्जिङ स्टेशन निर्माण हुने

सिंहदरबारभित्र चार्जिङ स्टेशन निर्माण हुने

मुलुकको प्रुमख प्रशासनिक केन्द्र सिंहदरबारमा उच्च क्षमताको चार्जिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...