आज लन्च हुँदै टीभीएस जुपिटरको नयाँ संस्करण
टीभीएसले आफ्नो नयाँ स्कुटर जुपिटर ११० आज लन्च गर्ने भएको छ । लन्चिङ अघि...
काठमाडौं – नेपाली बजारमा टीभीएसको लोकप्रिय स्कुटर एन्टर्क अब सुपर स्क्वाड एडिसन अन्तर्गत स्पाइडर म्यान सिरिजमा उपलब्ध भएको छ । नयाँ मोडलको सो स्कुटरका धेरै फिचर उही भए पनि युवा पुस्तालाई आकर्षित गर्नका लागि मार्वल युनिभर्सको पहिचान झल्किने बनाइएकाले फरक छ ।
यसमा स्टिल्थ एयरक्राफ्ट इन्स्पायर्ड स्टाइल छ । टी आकारको रियर ल्याम्प, स्पोर्टी स्टबी मफलर, लार्ज ह्विल्स, डायमन्ड कट अलोय ह्विल, बोल्ड चंकी टायर, स्पोर्टी स्प्लिट ग्र्याब रेल, आफ्टर बर्नर स्टाइल रियर भेन्ट्स, गेमिङ कन्सोल इन्स्पायर्ड स्पिडोमिटर आदि फिचर यसमा उपलब्ध छन् ।
१२४.८ सीसीको थ्री भल्व इन्जिन भएको यो स्कुटरले ९.२५ बीएचपी पावर र १०.५ एनएम टर्क जेनेरेट गर्छ । टीभीएस रेसिङ इन्स्पायर्ड पर्फमेन्स भएको यो स्कुटरको टप स्पिड ९५ किलोमिटर प्रतिघण्टा छ । यसले ९ सेकेन्डमै ० देखि ६० किलोमिटर सम्मको गति लिन सक्छ ।
यसमा ब्लुटुथ कनेक्टेड स्पिडोमिटर र ६० फिचर सहितको फुल डिजिटल कन्सोल छ । त्यसैगरी स्ट्रिट, स्पोर्ट र राइड स्ट्याटस सहितको मल्टी मोड डिस्प्ले छ । वेलकम म्यासेज, इन्कमिङ कल अलर्ट लगायतका विभिन्न अलर्ट फिचर उपलब्ध छ ।
रोटो पेटल डिस्क ब्रेक र पार्किङ मोड समेत उपलब्भ भएको यो स्कुटरमा ५.८ लिटरको इन्धन ट्यांकी छ ।
टीभीएस नेपालले विभिन्न शोरुमहरुमा यो स्कुटर बिक्रीका लागि उपलब्ध गराएको छ । यसको मूल्य २ लाख ८४ हजार ९ सय रुपैयाँ तोकेको छ ।
टीभीएसले आफ्नो नयाँ स्कुटर जुपिटर ११० आज लन्च गर्ने भएको छ । लन्चिङ अघि...
काठमाडौं – नेपाली बजारमा उपलब्ध विभिन्न ब्रान्डका बाइक मध्ये तीन ठूला...
विश्वभरि द्रुत रूपमा बढ्दो प्रदूषण स्तरलाई कम गर्नका लागि अटो निर्माता...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...