बजेट आयो, अब कुन ईभीमा कति मूल्य बढ्ला वा घट्ला ?

सरकारले ५० किलोवाटदेखि १०० किलोवाट सेग्मेन्टको विद्युतीय गाडीमा करको दर बढाएका कारण ईभीको मूल्य ६ देखि १२ लाख रुपैयाँसम्मले बढ्ने भएको छ ।

सरकारले ५० किलोवाटदेखि १०० किलोवाटसम्मको विद्युतीय गाडीमा ५ प्रतिशत भन्सार शुल्क बढाएर १५ प्रतिशत पु¥याउनुका साथै यो सेग्मेन्टमा १० प्रतिशत अन्तःशुल्क थपिएको छ।

यसले गर्दा यो वर्षको लागि सरकारले ५० देखि १०० किलोवाट सेग्मेन्टको गाडीमा कुल १५ प्रतिशत कर बढेको हो। यसमा सबै कार्गोदेखि अन्य सबै जोड्दा बढेको कर १८ प्रतिशतसम्म पुग्ने व्यवसायीहरुको भनाइ छ। त्यहीअनुसार अब ईभीको मूल्य घट्ने र बढ्ने छ।

अहिले नेपालमा १०० किलोवाटभन्दा कम क्षमताका धेरै गाडीहरु बिक्री भइरहेका छन्। बीवाईडीको एटो –३ दुई वटा भेरियन्टमा उपलब्ध रहेका छन्। यसको १०० किलोवाटको मूल्य बढ्छ। एमजी जेडएसमा पनि ९९ किलोवाटको छ। यसको पनि मूल्य बढेको छ।

यसैगरी टाटाको नेक्सन ईभी म्याक्स ९९ किलोवाट र नेक्सन ईभी ९५ किलोवाट क्षमताका छन्। टाटा टिगोर ५५ किलोवाट आवरको मोटरमा उपलब्ध छ। हुन्डाईको कोना ईभी १०० किलोवाट क्षमताको छ।

यसले गर्दा अब नेपालमा ४६ लाख ४९ हजारमा बिक्री हुँदै आएको नेक्सन ईभी म्याक्सको मूल्य ५२ लाख, ३६ लाखमा बिक्री गर्दै आएको नेटा भी गाडीको मूल्य ४३ लाख, ४८ लाख ४९ रुपैयामा बिक्री हुँदै आएको एमजीको जेडएस ईभीको मूल्य ५६ लाख र ६४ लाख हराहारीमा बिक्री हुँदै आएको बिवाइडी एटो ३ ईभीको मूल्य ७५ लाख रुपैयाँ हाराहारीमा हुने छ। यस्तै हुन्डाईको कोना ईभीको मूल्य पनि ६४ लाख बाट ७४ लाख रुपैयाँ मुल्य कायम हुने भएको छ।

५० देखि १०० किलोवाटसम्ममा बीवाईडीको एट्टो ३, टाटा नेक्सन ईभी, हुन्डाईको कोना ईभी, एमजी जेडएस ईभी, नेटा भी पर्छन्। पछिल्लो समय पेट्रोलबाट चल्ने गाडीको विकल्पमा यी गाडीको बिक्री बढेको थियो।

सरदरमा यी गाडी ३५ लाखदेखि ६५ लाख रुपैयाँमा बिक्री भइरहेका थिए । अब यी सबै ईभीहरुको मूल्य बढ्ने छ। चालु आर्थिक वर्षमा १०० किलोवाटभन्दा माथिको ईभीमा कर बढेपछि कम्पनीहरुले मोटर पावर घटाएर गाडी ल्याउन थालेका थिए। तर ती गाडीहरुको पनि मूल्य बढ्ने भएको छ।

लक्जरी सेग्मेन्टका गाडीको मूल्य घट्ने
सरकारले लक्जरी ईभीमा लाग्दै आएको करको दर घटाएपछि आयोनिक ५ र टेस्लाको मूल्य समेत प्रशस्तै रकमले घट्ने भएको छ ।

बजेटबाट १०० किलोवाटदेखि २०० किलोवाटसम्मको गाडीको भन्सार र अन्तःशुल्क १०÷१० प्रतिशत घटाइएको छ। यो सेग्मेन्टमा भन्सार ३० प्रतिशत र अन्तःशुल्क ३० प्रतिशत लाग्दै आएको थियो। यसैगरी २०० देखि ३०० किलोवाट सेग्मेन्टमा पनि ५ प्रतिशत भन्सार शुल्क घटाइएको छ। यसले एउटा गाडीको मूल्य लगभग २३ प्रतिशत घट्ने निश्चित भएको छ।

यो सेग्मेन्टमा टेस्ला र आयोनिक ५ नेपालमा बिक्री भइरहेको छ। यो लक्जरी सेग्मेन्टमा पर्थ्यो। अहिले आयोनिक १ करोड १७ लाख रुपैयाँ र टेस्ला २ करोड ९० लाख रुपैयाँसम्ममा बिक्री भइरहेको थियो। यसले टेस्ला र आयोनिक गाडीको मूल्य घट्ने भएको हो।

आयोनिक ५ को मूल्यमा २१ लाख रुपैयाँको हाराहारीमा घट्ने भएको छ। यसले यो गाडीको मूल्य ९६ लाख रुपैयाँ पर्ने अनुमान गरिएको छ। हुन्डाईको आयोनिक ५ चाहिं १२५ किलोवाटको छ।

यस्तै टेस्लाको मूल्य धेरै घट्नेछ। यो गाडीमा पनि सेग्मेन्ट अनुसार २२ लाखदेखि ५२ लाख रुपैयाँसम्म मूल्य घट्ने भएको छ। टेस्ला १९८ किलोवाट रहेको छ। यस्तै अर्को २९८ किलोवाटसम्मको छ।

१ करोड ४५ लाख रुपैयाँमा बिक्री गर्दै आएको टेस्ला मोडेल ३ को मूल्य लगभग २६ लाख रुपैयाँले घट्ने भएको छ। अब यो गाडीको मूल्य १ करोड १९ लाख रुपैयाँ कायम हुने अनुमान गरिएको छ।

यस्तै १५० किलोवाट क्षमताको एट्टो ३ को मूल्य घट्छ। यसको मूल्य अहिले लगभग ९० लाख रुपैयाँमा बिक्री भइरहेको छ। अब भनेको यसको मूल्य २३ प्रतिशतले घट्दा ७८ लाखदेखि ८० लाखको हाराहारीमा हुने अनुमान गरिएको छ।

यस्तै एमजीको लङ रेन्ज जेडएस ईभीमा १२५ किलोवाटमा पनि उपलब्ध छ। यसको पनि मूल्य घट्ने भएको छ। ८४ लाखको हाराहारीमा बिक्री हुदै आएको उक्त गाडीको मूल्य ७० लाख रुपैयाँको हाराहारीमा नयाँ मूल्य कायम हुने अनुमान गरिएको छ।

सम्बन्धित समाचारहरू

ईभी भ्यानमा करको डर : स्वरोजगार व्यवसायी पलायनको खतरा

ईभी भ्यानमा करको डर : स्वरोजगार व्यवसायी पलायनको खतरा

नेपाली सडकमा हाल विभिन्न ब्रान्ड र मोडलका सवारी साधन गुडिरहेका छन् । ती...

विद्युतीय सवारीको भाडादर घटाउने तयारीमा यातायात व्यवस्था विभाग

विद्युतीय सवारीको भाडादर घटाउने तयारीमा यातायात व्यवस्था विभाग

काठमाडौँ – यातायात व्यवस्था विभागले विद्युतीय सवारी (ईभी)को भाडादर १०...

चाइनिज कार ब्रान्ड सेरेस र स्काइवेल यो वर्ष युकेमा लन्च हुने पक्का

चाइनिज कार ब्रान्ड सेरेस र स्काइवेल यो वर्ष युकेमा लन्च हुने पक्का

चाइनिज कार ब्रान्ड सेरेस र स्काइवेल यो वर्षको अन्त्य सम्ममा युके बजारमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...