हुन्डाईको नयाँ एसयूभी एक्सटरको रियर लुक सार्वजनिक

हुन्डाईले आधिकारिक रूपमा नयाँ एसयूभी एक्सटर सार्वजनिक गरेको छ । सो एसयूभी चाँडै नै भारतीय बजारमा लन्च गर्ने अनुमान गरिएको छ ।

एसयूभीको रियरमा कम्पनीले एच आकारको टेललाइट दिएको छ । टेलगेटको दायाँ साइडमा कारको भेरिएन्टको जानकारी र बायाँ साइडमा कारको नेम ब्याजिङ राखिएको छ । साथै रियर बम्परमा २ वटा पार्किङ सेन्सर, २ वटा रिफ्लेक्टर र तल सिल्भर कलरको स्किड प्लेट दिइएको छ ।

कम्पनीले नयाँ एसयूभी ३ वटा पावरट्रेनको विकल्पमा ल्याउनेछ । १.२ लिटर कप्पा पेट्रोल इन्जिन ५ स्पिड म्यानुअल ट्रान्समिसन र स्मार्ट अटो एएमटीको साथमा हुनेछ । यसको इन्जिन इथानोल–२० अनुरूप हुनेछ । साथै एसयूभी सीएनजीको विकल्पमा पनि ल्याइनेछ । यसमा १.२ लिटर बाई फ्युल कप्पा पेट्रोल र सीएनजी इन्जिनको साथ ५ स्पिड म्यानुअल ट्रान्समिसन हुनेछ ।

सो एसयूभीमा एलईडी डीआरएल, डायमण्ड कट अलोय ह्विल, १० इन्चको इन्फोटेनमेन्ट टचस्क्रिन, एप्पल कारप्ले, एन्ड्रोइड अटो, एम्बियन्ट लाइट, सनरुफ, रियर एसी भेन्ट्स, एबीएस, ईबीडी, एयरब्याग, एचएसए र टीपीएमएस जस्ता फिचर पनि हुनेछ ।

कम्पनीले दिएको जानकारी अनुसार हुन्डाई एक्सटरमा भ्वाइस इनेबल्ड स्मार्ट इलेक्ट्रिक सनरुफ, ड्यासक्याम सहितको ड्युअल क्यामेरा पनि हुनेछ । जसमा ५.८४ सेमीको स्क्रिन उपलब्ध हुनेछ ।

हुन्डाईको नयाँ एसयूभी एक्स्टर ५ भेरिएन्टमा उपलब्ध हुनेछ । रिपोर्टका अनुसार कम्पनीले एक्सटर भारतीय बजारमा जुलाई १० मा लन्च गर्नेछ । कम्पनीले यसलाई ६ देखि १० लाख भारुसम्ममा लन्च गर्न सक्ने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

सेफ्टि टेष्टमा हुन्डाईको नयाँ भर्नालाई ५ स्टार रेटिङ

सेफ्टि टेष्टमा हुन्डाईको नयाँ भर्नालाई ५ स्टार रेटिङ

हुन्डाईको नयाँ भर्नाले सेफ्टि टेष्टमा ५ स्टार रेटिङ पाएको छ । ग्लोवल...

हुन्डाई क्रेटा ईभी लन्च मिति पुष्टि, जनवरी २०२५ मा लन्च हुने

हुन्डाई क्रेटा ईभी लन्च मिति पुष्टि, जनवरी २०२५ मा लन्च हुने

हुन्डाई क्रेटा ईभी परीक्षणको क्रममा देखिएको छ, जसका कारण हुन्डाई क्रेटा...

महंगो भयो हुन्डाइ क्रेटा, अव सवै भेरिएन्टमा ६ एयर व्याग र आइडल स्टार्ट–स्टप फिचर

महंगो भयो हुन्डाइ क्रेटा, अव सवै भेरिएन्टमा ६ एयर व्याग र आइडल स्टार्ट–स्टप फिचर

हुन्डाइले आफ्नो लोकप्रिय एसयूभी क्रेटालाई आरडिई(रियल ड्राइभिङ इमिसन) र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...