एसेम्बल उद्योगका लागि तोकिएको अन्तःशुल्क यथावत, व्यवसायीलाई राहत

सरकारले हालै सार्वजनिक गरेको बजेटले सवारी साधन एसेम्बल गर्नका लागि आवश्यक सामग्री आयात गर्दा लाग्ने अन्तःशुल्कलाई यथावत अर्थात ५० प्रतिशत नै कायम राखेको छ । यसबाट व्यवसायीहरुलाई केही राहत पुग्ने भएको छ ।

यो भन्दा पहिले सो छुट कटौती हुन लागेको भनेर सो नगर्न अटोमोबाइल व्यवसायीहरुको संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सरकारको ध्यानाकर्षण समेत गराएको थियो । हालै सार्वजनिक आर्थिक विधेयकमा सो व्यवस्थालाई निरन्तरता दिइएको छ ।

आर्थिक ऐनमा भनिएको छ, ‘एसेम्बल गरी सवारी साधन उत्पादन गर्ने उद्योगले अनएसेम्बल अवस्थाका शीर्षक ८७.०२ ८७.०३ र ८७.११ मा पर्ने सवारी सवारी साधन पैठारी गर्दा लाग्ने अन्तशुल्क र त्यस्ता उद्योगले तयारी गरेको साधन बिक्री गर्दा लाग्ने अन्तशुल्कमा ५० प्रतिशत छुट हुनेछ ।’

भन्सार शीर्षक ८७.०२ र ८७.०३ बाट विभिन्न किसिमका गाडीहरु आयात हुदैं आएका छन् भने भन्सार शीर्षक ८७.११ बाट सबै किसिमका मोटरसाइकल आयात हुँदै आएको छ।

यस अनुसार सवारी साधनका लागि आवश्यक अनएसेम्बल अवस्थाका सवारी साधन ल्याउदा ५० प्रतिशत छुट उपल्ब्ध हुनेछ ।

कति छन् एसेम्बल उद्योग ?
केही दिन पहिले मात्र काठमाडौंको बुढानीलकण्ठमा विद्युतीय सवारी उत्पादनका लागि एसेम्बल उद्योग खुलेको छ । मोडर्न भेइकल प्रालि नामक उद्योग हालै दर्ता भएको हो। उक्त उद्योगमा १४ करोड रुपैयाँ लगानी प्रतिबद्धता गरिएको छ। यो उद्योगमा शतप्रतिशत स्वदेशी लगानी हुनेछ।

यो भन्दा पहिले नेपालमै मोटरसाइकल एसेम्बल गर्नका लागि चालु आर्थिक वर्षमा उद्योग विभागमा तीन एसेम्बलिङ उद्योग दर्ता भएका छन् । उद्योग विभागमा रोयल इन्फिल्ड, होन्डा र हिरो मोटोकर्पले मोटरसाइकल तथा स्कुटर स्वदेशमै एसेम्बल गर्ने गरी उद्योग दर्ता गरेका छन् ।

रोयल इन्फिल्डका लागि टीजी अटो ग्रुप, होन्डाका लागि हिमाल मोटो नेपाल र हिरोका लागि एनजीएम इन्जिनियरिङ एन्ड सेल्स उद्योग विभागमा दर्ता भएका छन् । गत आर्थिक वर्ष अर्थात २०७८ साउन देखि २०७९ असार सम्मको अवधिमा ६ वटा यस्ता एसेम्बल उद्योग दर्ता भए ।

सरकारले आर्थिक वर्ष २०७८/७९ को प्रतिस्थापन विधेयकमार्फत नेपालमा सवारी साधन एसेम्बल गर्ने उद्योगका लागि ५० प्रतिशत अन्तशुल्क छुट दिने घोषणा गरेको थियो । यो भन्दा पहिले २५ प्रतिशत छुट उपलब्ध भएकोमा पछि यो छुट बढाइएको थियो । यद्यपि यसको सदुपयोग भएको वा नभएको वारेमा भने धेरै गुनासोहरु आइरहन्छन् ।

हाल नेपालमा बजाज र टीभीएसले सवारी साधन एसेम्बल गरिरहेका छन् । गत वर्ष १५० सीसी भन्दा माथिल्लो क्षमताका मोटरसाइकलमा प्रतिबन्ध लाग्दा पनि नेपालमै एसेम्बल हुने भएकाले यी दुई कम्पनीलाई अरुलाई जस्तो असर परेन । यसले गर्दा पनि कम्पनीहरु आगामी दिनमा नेपालमै एसेम्बल गर्नुपर्ने बाध्यता रहेको स्वीकार्ने मनस्थितिमा पुगेका छन् । यसले पनि पछिल्लो समय यामाहा तथा हिरोका कम्पनीहरु एसेम्बल प्लान्ट निर्माणका तीब्रताका साथ लागि परेका छन्।

सम्बन्धित समाचारहरू

नाडा महासचिव उप्रेती भन्छन् – अन्तर्राष्ट्रिय गुणस्तरका स्पेयर पार्ट्स स्वदेशमै उत्पादन गर्न सक्षम छौ

नाडा महासचिव उप्रेती भन्छन् – अन्तर्राष्ट्रिय गुणस्तरका स्पेयर पार्ट्स स्वदेशमै उत्पादन गर्न सक्षम छौ

नेपालमा स्पेयर पार्ट्सको बजार निकै ठूलो छ । सवारी साधनको मर्मत सम्भारमा...

घटस्थापनादेखि असोज २२ सम्म सार्वजनिक यातायातलाई रुट परमिट खुला

घटस्थापनादेखि असोज २२ सम्म सार्वजनिक यातायातलाई रुट परमिट खुला

काठमाडौं – घटस्थापनादेखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई...

चितवनमा कर, भन्सार तथा भिसिटिएस सम्बन्धी प्रशिक्षण सम्पन्न

चितवनमा कर, भन्सार तथा भिसिटिएस सम्बन्धी प्रशिक्षण सम्पन्न

चितवन – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र चितवन अटोमोबाइल्स एसोसिएसन,...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...