अजय देवगनले खरिद गरे पहिलो इलेक्ट्रिक कार, यस्तो छ विशेषता

बलिउड अभिनेता अजय देवगनले आफ्नो पहिलो ईभी कार अल न्यू बीएमडब्ल्यु आई७ किनेका छन् । यसको मूल्य १ करोड ९५ लाख भारु छ । यो ब्रान्डको प्रमुख ईभी सेडान कार हो । अजय देवगनको यो कारको भिडियो युट्युबमा सीएस१२ च्यानलले शेयर गरेकोछ । भिडियोमा कारलाई दुई पटक ट्राफिक सिग्नल पार गरेको देख्न सकिन्छ ।

आई७ को इन्टेरियर ७ सिरिजको नयाँ जेनरेशन फ्ल्यागशिप कार जस्तै छ । यसको इन्फोटेनमेन्ट सिस्टम र इन्स्ट्रयुमेन्ट क्लस्टरमा घुमाउरो स्क्रिन समावेश छ । साथै, अमेजन फायर टीभीको माध्यमले भिडियो स्ट्रिमिङका लागि ३१.३ इन्च, ८के सिनेमा स्क्रिन कारको छतमा जडान गरिएको छ । कारको पछाडिको ढोकामा ५.५ इन्चको टचस्क्रिन समावेश छ जसले इन्फोटेनमेन्ट सिस्टम, तापक्रम र सिट नियन्त्रण गर्छ ।

सो कारमा पावरको लागि आई७ एक्सड्राइभ ६० भेरिएन्टमा २ वटा इलेक्ट्रिक मोटर प्रयोग गरिएको छ । यसले ५४४ एचपी पावर र ७४५ एनएम टर्क जेनेरेट गर्छ । यसमा १०१.७ केडब्ल्युएच लिथियम आयन ब्याट्री समावेश छ । सो कारले ५९१ देखि ६२५ किमीको रेन्ज प्रदान गर्छ । आई७ को टप स्पिड २३९ किमी प्रतिघन्टा छ र ४.७ सेकेन्डमा ० देखि १०० किमी प्रति घन्टाको स्पिड दिन्छ ।

सम्बन्धित समाचारहरू

इलेक्ट्रिक स्कुटरको ब्याट्री कति वर्ष टिक्छ ?

इलेक्ट्रिक स्कुटरको ब्याट्री कति वर्ष टिक्छ ?

पछिल्लो समय नेपालमा इलेक्ट्रिक स्कुटरको प्रयोग तीव्र रूपमा बढिरहेको छ ।...

बीवाईडी फर्चुन ५०० सूचीमा समावेश : प्रविधिमार्फत थप कार्य गर्ने प्रतिबद्धता व्यक्त

बीवाईडी फर्चुन ५०० सूचीमा समावेश : प्रविधिमार्फत थप कार्य गर्ने प्रतिबद्धता व्यक्त

चीनको प्रसिद्ध अटोमोबाइल कम्पनी बीवाईडी फर्चुन ५०० को सूचीमा परेको छ ।...

नेपालमा सार्वजनिक भयो टाटा टिगोर ईभी, यस्तो छ मूल्य र रेन्जलगायतका विशेषता

नेपालमा सार्वजनिक भयो टाटा टिगोर ईभी, यस्तो छ मूल्य र रेन्जलगायतका विशेषता

काठमाडौं – नेपाली बजारमा टाटा इलेक्ट्रिक कार टिगोर ईभी सार्वजनिक भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...