५ लाख स्मार्ट कार्ड प्रिन्ट र २ लाख २९ हजार नयाँ ईम्बोस्ड नम्बर प्लेट उत्पादन

काठमाडौँ । सरकारले ५ लाख २ हजार २२ सवारी चालक अनुमति पत्र (स्मार्ट कार्ड) प्रिन्ट गरेको छ। यातायात व्यवस्था विभागले २०७९ फागुनसम्म ३२ लाख ३१ हजार ४ सय ७५ स्मार्ट कार्ड प्रिन्ट गरेको हो । त्यस्तै गत असारसम्म २७ लाख २९ हजार ४ सय ५३ सवारी चालक अनुमति पत्र प्रिन्ट भएको थियो ।

चालु आर्थिक वर्ष २०७९ असारसम्म ३१ यातायात व्यवस्था कार्यालयमा विद्युतीय सवारी चालक अनुमतिपत्र प्रणाली लागू भएकोमा चालु आर्थिक वर्षको फागुनसम्म थप गौर, चितवन, राजविराज, पाल्पा र चौरजहारीमा सो प्रणाली लागू भएको छ।

सरकारले २ लाख ५७ हजार ईम्बोस्ड नम्बर प्लेट उत्पादन गरेको छ। यातायात व्यवस्था विभागले २०७९ फागुनसम्म उत्पादितमध्ये ५१ हजार थप जडान भएका हुन्।

असारसम्ममा चार स्थानबाट ईम्बोस्ड नम्बर प्लेटको जडान तथा वितरण हुँदै आएकोमा चालु आर्थिक वर्षदेखि पोखरा र बुटवलबाट समेत ईम्बोस्ड नम्बर प्लेट जडान तथा वितरण गर्ने कार्य सुरू भएको छ।

२०७९ असारसम्म २ लाख २९ हजार ४ सय ३८ ईम्बोस्ड नम्बर प्लेट उत्पादन भई ३३ हजार ९ सय ७२ थान जडानका लागि वितरण भएको थियो।

सम्बन्धित समाचारहरू

मोटरसाइकलको नवीकरण, कर र अन्य सेवाहरु दलालमार्फत नगर्न आग्रह

मोटरसाइकलको नवीकरण, कर र अन्य सेवाहरु दलालमार्फत नगर्न आग्रह

काठमाडौं – यातायात व्यवस्था कार्यालय मोटरसाइकल काठमाडौले दलाल मार्फत काम...

सुचारु भयो ड्राइभिङ लाइसेन्स प्रिन्ट भए नभएको एसएमएसबाट थाहा पाइने सेवा

सुचारु भयो ड्राइभिङ लाइसेन्स प्रिन्ट भए नभएको एसएमएसबाट थाहा पाइने सेवा

काठमाडौं – यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र छपाइ भए/नभएको...

चालक अनुमतिपत्र छपाइ तथा वितरण कार्य अनिश्चितकालका लागि बन्द

चालक अनुमतिपत्र छपाइ तथा वितरण कार्य अनिश्चितकालका लागि बन्द

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत यातायात...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...