ड्राइभरले मिररमा हेरेकै भरमा लेन चेन्ज हुनेछ बीएमडब्ल्यु ५–सिरिज सेडानमा

लक्जरी कार निर्माता कम्पनी बीएमडब्ल्युले बजारमा उपलब्ध गराउने बीएमडब्ल्यु ५–सिरिज सेडानको बाहिरी ऐनामा हेरेरै लेन परिवर्तन गर्न सकिने छ । सो सम्बन्धी सिस्टम बुधबार सार्वजनिक गर्दै बीएमडब्ल्युले यो विश्वकै पहिलो अत्याधुनिक प्रविधि हुने र आगामी अक्टोबर महिना देखि उपलब्ध हुने बताएको छ ।

‘एक्टिभ लेन चेन्ज असिस्टेन्ट’ भनिने सो सिस्टमले गाडी चलाइरहेको समयमा ड्राइभरलाई लेन परिवर्तन गर्न सुझाव दिन्छ र यदि ड्राइभरले यसको कन्फर्मेसनका लागि एक्सटेरियर मिरर अर्थात बाहिरतिर रहेको ऐनमा हेरेमा स्वचालित रुपमा लेन परिवर्तन हुनेछ ।

बीएमडब्ल्युले नयाँ ५–सिरिजमा अन्य विभिन्न फिचर समेत हुने बताएको छ । यस अनुसार सो गाडीमा नयाँ हाइवे असिस्टेन्ट सिस्टम हुनेछ, जसका कारण प्रतिघण्टा ८५ माइलको गतिमा गाडी दौडिरहेको समयमा लामो दुरी सम्म पनि ड्राइभरको हात स्टेयरिङमा नभए पनि सुरक्षित रुपमा चलाउन सकिने छ । नजिकै अर्को गाडी देखिएमा मात्र यसले डिस्टेन्स मेन्टेन गर्नेछ ।

त्यसैगरी सो गाडीमा अटोमेटेड पार्किङ पनि हुनेछ, जसलाई गाडीबाटै वा स्मार्टफोनबाट पनि नियन्त्रण गर्न सकिने छ ।

बीएमडब्ल्यु ५–सिरिज इलेक्ट्रिक र ग्यासोलिन पावर्ड भर्सनमा उपलब्ध हुनेछ । बीएमडब्ल्यु आई५ ईड्राइभ४० इलेक्ट्रिक भर्सनमा हुनेछ र यसको मूल्य ६८ हजार ८ सय डलर हुनेछ । त्यसैगरी अर्को बीएमडब्ल्यु आई५ एम६० को मूल्य ८५ हजार ७५० डलर हुनेछ ।

सम्बन्धित समाचारहरू

परीक्षणका लागि साझाले ३ वटा विद्युतीय बस ल्याउँदै

परीक्षणका लागि साझाले ३ वटा विद्युतीय बस ल्याउँदै

काठमाडौं- निर्णय भएको तीन वर्षपछि मात्र परीक्षणका लागि सरकारले विद्युतीय...

विवाइडीले ल्यायो याङवाङ व्राण्डमा इलेक्ट्रिक सुपर कार र आफैले विकास गरेको नयाँ प्रविधी

विवाइडीले ल्यायो याङवाङ व्राण्डमा इलेक्ट्रिक सुपर कार र आफैले विकास गरेको नयाँ प्रविधी

विवाइडीले प्रिमिय एसयूभी र सुपर कार उत्पादनका छुट्टै नयाँ व्राण्ड याङवाङ...

कोमाकीले ल्यायो नयाँ हाई स्पिड इलेक्ट्रिक स्कुटर

कोमाकीले ल्यायो नयाँ हाई स्पिड इलेक्ट्रिक स्कुटर

कोमाकीले भारतमा एलवाई प्रो इलेक्ट्रिक स्कुटर १ लाख ३७ हजार ५०० भारुमा लन्च...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...