नेपालमै उत्पादन गरिएको पहिलो इलेक्ट्रिक स्कुटर ‘यात्री पी२’ को प्रि–बुकिङ नाडा अटो शोमा खुला
काठमाडौं–नाडा अटो शो २०२६ को अवसर पारेर सिप्रदी यात्रीले नेपालमै उत्पादन...
एमजी जेडएस ईभी भारतका साथै नेपाली बजारमा समेत चर्चित छ । भारतमा सन् २०२० देखि बिक्री शुरु भएको सो ईभी हालै १० हजार युनिट बिक्री भएको सार्वजनिक भएको छ ।
नेपालमा रोकिएर फेरि केही समय पहिले मात्र सार्वजनिक गरिएको सो ईभी २ महिनामै ५ सय युनिट बुकिङ भएको छ । नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले हाल एमजी जेडएस ईभी दुई भेरिएन्टमा नेपाली बजारमा उपलब्ध गराएको छ ।
नेपालमा कम्फर्ट र डिलक्स भेरिएन्टमा बिक्री भइरहेको जेडएस ईभी भारतमा एक्साइड र एक्सक्लुसिभ गरी दुई भेरिएन्टमा बिक्री हुँदै आएको छ ।
नेपाली बजारमा कम्फर्टको मूल्य ४८ लाख ४९ हजार र डिलक्सको ५२ लाख ४९ हजार रुपैयाँ निर्धारण गरिएको छ । इलेक्ट्रिक एसयूभी पारखीको रोजाइमा पर्न सफल एमजी जेडएस ईभी ९९ किलोवाट मोटरमा आएको छ । यसअघि १३० किलोवाट क्षमताको मोटर जडित यो एसयूभीमा सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत व्यापक मात्राले कर वृद्धि गरेपछि मूल्य महंगो भएको थियो । मूल्य बढेकै कारण आधिकारिक विक्रेता पारामाउन्ट मोटर्सले लामो सयमदेखि यसलाई नेपाल ल्याउन सकिरहेको थिएन । १०० किलोवाट भन्दा कम मोटर क्षमतामा आएपछि यसको मूल्य समेत निकै प्रतिस्पर्धी बनेर आएको छ ।
यस्तो छ जेडएस ईभी
एमजीको ग्लोबल डिजाइनमा आधारित जेडएस ईभीमा जडान गरिएको ब्याट्रीलाई आधा घण्टामै ८० प्रतिशत चार्ज गर्न सकिन्छ । यसको ब्याट्रीले सिंगल चार्जमै ३२० किलोमिटर रेन्ज प्रदान गर्ने दावी गरिएको छ । सो एसयूभीको ब्याट्री वारेन्टी भने ८ वर्षको रहेको छ ।
सुरक्षाको लागि यसमा ६ वटा एयरब्याग, ईएसपी, ईएबी, एचडीसी, अटो होल्ड जस्ता फिचरहरु राखिएका छन् भने मनोरन्जनका लागि डीएबी रेडियो र ब्लुटुथयुक्त १०.१ इन्चको इन्फोटेनमेन्ट सिस्टम आदि उपलब्ध छ । यसको डिलक्स भेरिएन्टमा दिइएको पानारोमिक सनरुफ, हिटेड फ्रन्ट सिट, वायरलेस चार्जर, ३६० डिग्री क्यामेरा, थ्रीडी साउन्ड सिस्टम र रुफरेल लगायत फिचर कम्फर्ट भेरिएन्टमा भने पाउन सकिँदैन ।
यसमा ड्राइभरको लागि ७ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, किलेस इन्ट्री र स्टार्ट, ड्राइभरको लागि सिक्सवे र फ्रन्ट प्यासेन्जरको लागि फोरवे इलेक्ट्रिकल एड्जस्टेबल लेदर पावर सिट, दुईवटा आईसोफिक्स चाइल्ड सिट एन्कोरेज पोइन्टहरू (आउटर रियर सिटहरू), ६०/४० फोल्डिङ रियर सिट, पावर–फोल्डिङ जस्ता फिचरहरु पाउन सकिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...