६ एयरब्याग र ४० उन्नत सेफ्टी फिचर सहित जुलाई १० मा लन्च हुँदैछ हुन्डाई एक्सटर

हुन्डाईले भारतीय बजारमा नयाँ कम्प्याक्ट एसयूभी ‘एक्सटर’ आगामी जुलाई १० मा लन्च गर्ने भएको छ ।

कम्पनीका अनुसार हुन्डाई एक्सटरमा भ्वाइस इनेबल्ड स्मार्ट इलेक्ट्रिक सनरुफ र ड्यास क्यामसहितको ड्युअल क्यामेरा दिइनेछ, जसमा ५.८४ सेमीको स्क्रिन पनि उपलब्ध हुनेछ । यसमा स्मार्टफोन एपमा आधारित कनेक्टिभिटी र मल्टिपल रेकर्डिङ मोड पनि उपलब्ध हुनेछ ।

कम्पनीले नयाँ एसयूभी ३ वटा पावरट्रेनको विकल्पमा ल्याउनेछ । यसमा १.२ लिटर कप्पा पेट्रोल इन्जिन ५ स्पिड म्यानुअल ट्रान्समिसन र स्मार्ट अटो एएमटीसँग इथानोल–२० अनुरूप हुनेछ । साथै एसयूभीमा सीएनजीको विकल्प पनि हुनेछ । यसमा १.२ लिटर बाई–फ्युल कप्पा पेट्रोल र सीएनजी इन्जिनको साथ ५ स्पिड म्यानुअल ट्रान्समिसन पनि हुनेछ ।

सो एसयूभीमा एस सिग्नेचरसहितको एलईडी डीआरएल, डायमण्ड कट अलोय ह्विल, १० इन्चको इन्फोटेनमेन्ट टचस्क्रिन, एप्पल कारप्ले, एन्ड्रोइड अटो, एम्बियन्ट लाइट, सनरुफ, रियर एसी भेन्ट्स, एबीएस, ईबीडी, एयरब्याग, एचएसए र टीपीएमएस जस्ता फिचर पनि हुनेछ । कम्पनीका अनुसार यसमा ६ वटा एयरब्यागसहित ४० वटा उन्नत सेफ्टी फिचर्स दिइनेछ । यो ६ एयरब्याग र विभिन्न सेफ्टी फिचर हुने पहिले एसयूभी समेत हुनेछ ।

साथै यसमा ईएससी, बीएसएम, एचएसी, टीपीएमएस, थ्री पोइन्ट सिट बेल्ट, सबै सिटका लागि सिट बेल्ट रिमाइन्डर, किलेस इन्ट्री, एबीएस, ईबीडी, रियर पार्किङ सेन्सर, ईएसएस, बर्गलर अलार्म, एस्कर्ट फङसन, अटो हेडल्याम्प, आइसोफिक्स चाइल्ड एन्कोरेज, रियर डिफोगर जस्ता सेफ्टी फिचर पनि हुनेछ ।

नयाँ एसयूभी एक्सटर ५ भेरिएन्टमा उपलब्ध हुनेछ । हुन्डाईले नयाँ एसयूभी एक्सटरको लन्च अगावै बुकिङ खोलेको छ । सो एसयूभी अनलाइन वा अफलाइन मोडमा ११ हजार भारुमा बुक गर्न सकिनेछ । कम्पनीले यसलाई ६ देखि १० लाखसम्ममा लन्च गर्न सक्ने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

मंगलबार देखि नेपालमा हुन्डाई गाडीको मूल्य बढ्ने, पहिले बुकिङ गरे पुरानै मूल्यमा उपलब्ध हुने

मंगलबार देखि नेपालमा हुन्डाई गाडीको मूल्य बढ्ने, पहिले बुकिङ गरे पुरानै मूल्यमा उपलब्ध हुने

काठमाडौं – आगामी मार्च अर्थात आउँदो मंगलबार देखि नेपाली बजारमा हुन्डाई...

क्रेटा भन्दा ठूलो हुनेछ हुन्डाई मुफासा, प्रतिस्पर्धा त्यस्तै

क्रेटा भन्दा ठूलो हुनेछ हुन्डाई मुफासा, प्रतिस्पर्धा त्यस्तै

हुन्डाई मोटर्सले नयाँ एसयूभी मुफासाको कन्सेप्ट केही दिन पहिले सार्वजनिक...

फंकी लुक र एड्भान्स फिचर सहित हुन्डाईको माइक्रो एसयूभी आउने, भेन्यु भन्दा सानो हुने

फंकी लुक र एड्भान्स फिचर सहित हुन्डाईको माइक्रो एसयूभी आउने, भेन्यु भन्दा सानो हुने

हुन्डाईले भारतीय बजारमा नयाँ इन्ट्रि लेवलको एसयूभी लन्च गर्ने तयारी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...