सबैभन्दा बढी रेन्ज भएको इलेक्ट्रिक स्कुटर सिम्पल वान लन्च, यस्तो छ विशेषता

इन्डियन स्टार्टअप सिम्पल इनर्जीले आफ्नो पहिलो विद्युतीय स्कुटर सिम्पल वान स्कुटर १ लाख ४५ हजार भारु मूल्यमा लन्च गरेको छ । सो स्कुटर ६ रङमा उपलब्ध छ ।

कम्पनीले सो स्कुटरमा ५ किलोवाटको लिथियम आयन ड्युअल ब्याट्री प्याक दिएको छ । यो स्कुटरलाई सामान्य चार्जरबाट ५.५४ घण्टामा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । एक पटक फुल चार्ज गरेपछि यसले २१२ किलोमिटरको रेन्ज दिन्छ । सिम्पल वान इलेक्ट्रिक स्कुटरले २.७७ सेकेन्डमा ४० किलोमिटर प्रतिघण्टाको गति लिने कम्पनीको दाबी छ ।

सिम्पल वानमा कम्पनीले ब्लुटुथ, एलईडी लाइटिङ, एन्ड्रोइड ओएस, क्लाउड कनेक्टिभिटी र रिजेनेरेटिभ ब्रेकिङ जस्ता फिचर समावेश गरेको छ । यसका साथै स्कुटरमा इको, ड्यास, राइड र सोनिक जस्ता राइडिङ मोड पनि दिइएको छ । सो स्कुटरमा ३० लिटरको स्टोरेज स्पेस पनि दिइएको छ ।

सिम्पन वान इलेक्ट्रिक स्कुटर लन्च पछि हाल बजारमा उपलब्ध ओला एस१, चेतक, भिडा, टीभीएस आईक्युब र एथरलाई कठिन भएको छ । सिम्पल वानको सबैभन्दा ठूलो यूएसपी यसको रेन्ज हुनेछ । सो स्कुटर खरिद गर्नका लागि सिम्पल इनर्जीको वेबसाइटमा सजिलैसँग अनलाइन बुक गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

क्याटलले ग-यो १ हजार किलोमिटर रेन्ज दिने स्केटवोर्ड चेसिसको सफल परिक्षण

क्याटलले ग-यो १ हजार किलोमिटर रेन्ज दिने स्केटवोर्ड चेसिसको सफल परिक्षण

इलेक्ट्रिक भेइकलमा प्रयोग हुने ब्याट्रीको उत्पादनमा ख्याती कमाएको...

७० लाख हाराहारी मूल्यमा ईभी खोज्नेका लागि उत्कृष्ट तीन विकल्प

७० लाख हाराहारी मूल्यमा ईभी खोज्नेका लागि उत्कृष्ट तीन विकल्प

नेपाली बजारमा उपलब्ध विभिन्न मोडलका सवारी साधन मध्ये अलि बढी मूल्य अर्थात...

टोयोटाको नयाँ हाइब्रिड गाडी नेपाली बजारमा, शुक्रबार सार्वजनिक गरिदै

टोयोटाको नयाँ हाइब्रिड गाडी नेपाली बजारमा, शुक्रबार सार्वजनिक गरिदै

काठमाडौं – टोयोटाको नयाँ हाइब्रिड गाडी यारिस क्रस नेपाली बजारमा उपलब्ध...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...