२१ जना नेपालीले स्टेडियममै पुगेर हेरे आइपीएल, गल्फ लुब्रिकेन्टले गरायो आइपीएल यात्रा

नेपालमा गल्फ लुब्रिकेन्ट उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेसनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले चर्चित भारतीय क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपीएल) का खेल हेर्न आफ्ना ग्राहकहरुलाई दिल्ली र लखनउ लगेकोे छ ।

गल्फ लुब्रिकेन्ट, निकै चर्चित आइपीएल टिम चेन्नई सुपर किङ्सको स्पोन्सर समेत रहेको छ । महेन्द्र सिंह धोनी कप्तान रहेको सो टिम आइपीएलकै सबै भन्दा उत्कृष्ट र सफल टिम मानिन्छ ।

आइपीएलका दुइ खेल, लखनऊमा सम्पन्न चेन्नई सुपर किङ्स बिरुद्ध लखनउ सुपर जायन्ट्स र दिल्लीमा सम्पन्न चेन्नई सुपर किङ्स विरुद्ध दिल्ली क्यापिटलको खेलमा ग्राहक र सरोकारवालाहरु गरी २१ जनाले स्टेडियममै पुगी खेल हेर्ने मौका पाएका थिए ।

यसका लागि फेसबुक कन्टेस्ट मार्फत १२ जना ग्राहकहरुको छनोट गरिएको थियो भने बाँकी ९ जना गल्फका कर्पोरेट ग्राहकहरु रहेको कम्पनीले जनाएकोे छ ।

कम्पनीक महाप्रबन्धक गंगाराज भट्टराई भन्छन्, ‘इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट जगतको सबैभन्दा ठुलो प्रतियोगिता हो। यी खेलहरु स्टेडियममा बसी हेर्नेको अनुभव अतुलनिय छ। निकै चर्चित आइपीएल टिम चेन्नई सुपर किङ्सको स्पोन्सर गल्फ लुब्रिकेन्ट भएकोले हामीले आफ्नो ग्राहक र सरोकारवालाहरुलाई यो अनुभव प्रदान गर्न सकेका हौ। सम्भवतः यो नेपालीले पहिलो पटक पाएको मौका हो। यसले हाम्रा ग्राहक र सरोकारवालाहरुलाई गल्फ लुब्रिकेन्टप्रति अझै उत्साहित बनाएको विश्वास हामीले पाएका छौ।’

फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउँछ । नेपालमा गल्फ ब्रान्ड बिगत ३८ बर्ष देखि लगातार ग्राहकवर्गको रोजाईमा पर्दै आएको कम्पनीको भनाइ छ।

सम्बन्धित समाचारहरू

गल्फ लुब्रिकेन्टद्वारा चितवनमा रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्स मिट सम्पन्न

गल्फ लुब्रिकेन्टद्वारा चितवनमा रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्स मिट सम्पन्न

नेपालमा गल्फ लुब्रिकेन्ट उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेसनलको...

आईएमई इलेक्ट्रिक बन्यो मोटुल लुब्रिकेन्टको आउटस्ट्यान्डिङ बिजनेस पार्टनर

आईएमई इलेक्ट्रिक बन्यो मोटुल लुब्रिकेन्टको आउटस्ट्यान्डिङ बिजनेस पार्टनर

काठमाडौं – मोटुल लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक आईएमई...

भिडोल लुब्रिकेन्टको इन्डष्ट्रियल मिट भव्यताका साथ सम्पन्न

भिडोल लुब्रिकेन्टको इन्डष्ट्रियल मिट भव्यताका साथ सम्पन्न

वीरगन्ज – भिडोल लुब्रिकेन्ट्सको नेपालका लागि आधिकारिक वितरक भीजी ल्युब...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...