अब चालक अनुमतिपत्र नवीकरण पाल्पाबाटै हुने

काठमाडौं - चालक अनुमतिपत्र नवीकरणको काम पाल्पाबाट नै हुने भएको छ। बिहीबारदेखि पाल्पाको तानसेनबाटै चालक अनुमतिपत्रको नवीकरण गर्ने सेवा सुरु गरिएको यातायात व्यवस्था सेवा कार्यालय तानसेनले जनाएको हो।

सक्कल नागरिकताको प्रमाणपत्र, सक्कल सवारी चालक अनुमति पत्र र निरोगिताको प्रमाणपत्र ल्याएको खण्डमा चालक अनुमति पत्रको नवीकरण गरिने कार्यालयका प्रमुख केशव सुनारले बताए। यसअघि छिमेकी जिल्ला रुपन्देहीबाट सवारीचालक अनुमति पत्रको नवीकरण हुँदै आएको थियो।

चालक अनुमतिपत्रको नवीकरण पाल्पाबाटै हुने भएपछि यस भेगका हजारौँ सेवाग्राहीले सेवा पाउन सहज भएको छ। पाल्पामा सवारी चालक अनुमतिपत्रको नवीकरण नहुँदा हैरानी खेप्दै बुटवललगायतका स्थानमा जानुपर्ने बाध्यता थियो।

यस्तै, यातायात व्यवस्था सेवा कार्यालयले पाल्पाबाटै नयाँ सवारीचालक अनुमतिपत्र प्रदान गर्न ट्रायल सेन्टरसमेत तयार भएको जनाएको छ।

तानसेन-७, बाँसटारीमा लुम्बिनी प्रदेश सरकारको लगानीमा ट्रायल सेन्टर निर्माणको काम सकिएको छ। अब तत्कालै लाइसेन्स समेत पाल्पाबाटै वितरणको काम गरिने कार्यालयले जनाएको छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...