टाटा नेक्सन ईभी म्याक्स र एमजी जेडएस ईभी : यस्ता छन् फिचर

केही समय अगाडि बीवाईडीको एट्टो ३ लाई काउन्टर गर्दै ९९ किलोवाटको मोरिस ग्यारेज (एमजी) ले जेडएस ईभी नेपाली बजारमा कम मूल्य राखेर सार्वजनिक गरेको थियो। त्यसपछि बजारमा १०० किलोवाट क्षमताको मोटर भएको बीवाईडीको एट्टो ३ डेलिभरी दिन थालियो। त्यसको १५ दिनपछि एमजीले पनि जेडएस ईभीको डेलिभरी सुरु गरेको थियो।

तर यसको लागि काउन्टर एट्याक गर्न टाटाले केही दिन अगाडि नेक्सन ईभीको लङ रेन्ज नेक्सन ईभी म्याक्स नेपाली बजारमा ल्याएको छ । कम्पनीले यसलाई एमजी जेडएसको भन्दा २ लाख सस्तोमा बिक्री सुरु गरेको छ। अहिले त्यही अनुसार बजारमा यी दुई गाडीबिच प्रतिस्पर्धा हुने देखिएको छ।

यसले सीजी मोटर्सको नेटा भीलाई पनि असर गर्ने अनुमान गरिएको छ। ग्राउन्ड क्लियरेन्स र अन्य केही फिचरका आधारमा मानिसहरु केही बढी पैसा थपेर टाटाको नेक्सन ईभी म्याक्स वा एमजीको जेडएस ईभी किन्ने अनुमान गरिएको छ।

जसमा एमजी जेडएस ईभीको सुरुवाती मूल्य ४८ लाख ४९ हजार रुपैयाँमा एमजी गाडी डेलिभरी गरिसकेको छ। कम्पनीले डिलक्स भेरिएन्टको मूल्य ५२ लाख ४९ हजार रुपैयाँ तोकेको छ।

यस्तै टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नेक्सन ईभी म्याक्सको मूल्य पनि ४६ लाख ४९ हजार रुपैयाँ राखेर टप भेरिएन्टको बिक्री सुरु गरेको छ। यो गाडी नेपाली बजारमा २५०० युनिट बिक्री भएको मोडलको लङ रेन्ज हो।

नेपाली ग्राहकहरु पनि नेक्सनको लङ रेन्जको पर्खाइमा रहेका थिए। यसको ग्राउन्ड क्लियरेन्स र टाटाले तयार पारेको ईभीको इकोसिस्टमले गर्दा मानिसहरु नेक्सन ईभी खरिद गर्न होमिएका एक व्यवसायीको भनाइ छ। ती व्यवसायीका अनुसार अन्य गाडी बिक्रेताहरुले यसरी ईभीको इकोसिस्ट तयार पार्न सकिरहेका छैनन्।

त्यस्तै एमजी गाडीको सप्लाईमा पनि समस्या रहेको ती व्यवसायी बताउँछन्। तर टाटाकोमा अहिले त्यस्तो समस्या देखिएको छैन। उनीहरुको टिमवर्क राम्रो रहेको छ। नेक्सन ईभी म्याक्स सार्वजनिक गर्ने बेला टाटाबाट एमडीसहित हरेक प्रतिनिधि उपस्थित थिए। यसले पनि नेपाली ग्राहकलाई टाटाले कसरी हेरिरहेको छ भन्ने अनुमान गर्न सकिन्छ।

एमजी जेडएस ईभीको कुरा गर्दा यसमा ५१ किलोवाटको ब्याट्री उपलब्ध छ। जसमा ९९ किलोवाटको मोटर जडान गरिएको छ। यस्तै टाटाको नेक्सन ईभी म्याक्समा भने ४०.५ किलोवाटको ब्याट्री प्याक रहेको छ। यसमा १०० किलोवाटको मोटर रहेको छ।

रेन्जको कुरा गर्दा टाटाको नेक्सन ईभी म्याक्समा रहेको उक्त ब्याट्रीले एक पटकको फुल चार्जमा ४५३ किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीको दावी छ। तर एमजीको जेडएस ईभीमा भएको उक्त ब्याट्रीले एक पटकको फुल चार्जमा ३१९ किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीको दावी छ।

जेडएस ईभीमा ७ इन्चको कल्स्टरसहित १०.१ इन्चको इन्फोटेनमेन्ट भएको टचस्क्रिन डिस्प्ले रहेको छ। यसमा ४–६ वटा स्पिकर उपलब्ध रहेको छ।

यस्तै नेक्सन ईभी म्याक्समा १९० एमएमको ग्राउन्ड क्लियरेन्स उपलब्ध रहेको छ। यो एसयूभीमा १६ इन्चको डायमन्ड कट अलोय ह्विल रहेको छ। यसमा भएको मोटरले २५० एनएम टर्क जेनेरेट गर्छ।

यसैगरी, एमजीको जेडएस ईभीमा १७ इन्च अलोय ह्विल रहेको छ। यसमा रहेको उक्त मोटरले २८० एनएम टर्क जेनेरेट गर्छ। यसमा १७५ एमएमको ग्राउन्ड क्लियरेन्स छ।

अन्य फिचरहरु
मुख्यतया नेक्सन म्याक्समा सनरुफ छ भने जेडएसको कम्फर्ट भेरिएन्टमा सनरुफ छैन। टाटा नेक्सन ईभी म्याक्समा प्रोजेक्टर हेडल्याम्प, फलोटिङ रुफ, पियानो ओआरभीएम, १६ इन्चको डायमन्ड कट अलोय ह्विल जस्ता फिचर छन्। यी दुबै मोडलमा एलईडी टेलल्याम्प, रुफरेल, शार्क फिन एन्टेना, बडी कलर डोर ह्यान्डल पाउन सकिन्छ।

यसैगरी रेन सेन्सिङ वाइपर, लेदर सिट, विभिन्न ६ तरिकाले एडजस्ट गर्न सकिने ड्राइभर सिट, एसी भेन्ट्स, लेदर र्याप गरिएको स्टेरिङ ह्विल, फ्रन्ट एसी, हिटर, क्याबिन बुट एक्सेस, क्रुज कन्ट्रोल दुवै ईभीमा छन्। दुबैमा किलेस स्टार्ट÷स्टप बटन, १२ भोल्ट पावर आउटलेट, ड्राइभ मोड सेलेक्टर, भ्यानिटी मिरर जस्ता सुविधा पनि समावेश छन्।

एमजीले ईबीए, इएसएस, अटो होल्ड, आइसोफिक्स रियर सिट, स्पिड असिस्टेन्स सिस्टम, फ्रन्ट कोलिजन वार्निङ, ब्लाइन्ड स्पट मनिटरिङ, एडाप्टिभ क्रुज कन्ट्रोल लगायत अत्याधुनिक फिचर्स समावेश गरेको छ।

ट्रयाक्सन कन्ट्रोल, प्यानिक ब्रेक अलर्ट, रोल ओभर मिटिगेसन, अटो भेइकल लोड, चाइल्ड सेफ्टी रियर डोर लक, फ्रन्ट फगल्याम्प लगायतका फिचर्स टाटाले नेक्सन म्याक्स ईभीमा उपलब्ध गराएको छ।

त्यसबाहेक, अन्य फिचर्सहरु जस्तै इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम ‘ईएसपी’, टायर प्रेसर मापन गर्ने प्रणाली टायर प्रेसर मनिटरिङ सिस्टम (टिपीएमएस), ड्राइभर एण्ड को–ड्राइभर एयरब्याग, हिल डिसेन्ट कन्ट्रोल दुवै ब्रान्डका ईभीमा पाउन सकिन्छ।

टाटाको नेक्सन ईभी म्याक्समा भएको ब्याट्रीमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्मको वारेन्टी प्रदान गरिएको छ। गाडीमा भने ३ वर्ष वा १ लाख २५ हजार किलोमिटरसम्म उपलब्ध रहेको कम्पनीले जनाएको छ। एमजीको जेडएस ईभी म्याक्समा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरसम्म उपलब्ध रहेको छ।

सम्बन्धित समाचारहरू

पन्च ईभी फेसलिफ्ट २ सातापछि लन्च हुने, के–के हुँदैछ अपडेट ?

पन्च ईभी फेसलिफ्ट २ सातापछि लन्च हुने, के–के हुँदैछ अपडेट ?

टाटा मोटर्सले पन्च ईभीको फेसलिफ्ट भर्सन लन्च हुने मिती घोषणा गरेको छ ।...

बुकिङ खुलेको २४ घण्टामै टाटा सिएराले पायो ७२ हजार यूनिट अर्डर

बुकिङ खुलेको २४ घण्टामै टाटा सिएराले पायो ७२ हजार यूनिट अर्डर

टाटा सिएराले बुकिङ खुलेको २४ घण्टामै ७० हजार यूनिट अर्डर पाएको छ । डिसेम्बर...

टाटा सिएराको बुकिङ १ लाख युनिट नाघ्यो, माग वढेपछि उत्पादनमा वृद्धि

टाटा सिएराको बुकिङ १ लाख युनिट नाघ्यो, माग वढेपछि उत्पादनमा वृद्धि

टाटा मोटर्सले हालै लन्च गरेको नयाँ एसयूभी सिएराको बुकिङ १ लाख युनिट नाघेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...