हाइब्रिड र इलेक्ट्रिक पावरट्रेनसहित न्यु जेनेरेसन सिट्राेन सी५ एयरक्रस
सिट्रोनले आफ्नो लोकप्रिय एसयूभी मोडल सी५ एयरक्रसको नयाँ जेनेरेसन...
भारतमा लगातार आफ्नो बिक्री बढाउने प्रयासमा रहेको सिट्रोनले अब अर्को नयाँ क्रसओभर सेडान कार भारतमा ल्याउने तयारी गरिरहेको छ । कम्पनीले आधिकारिक रुपमा जानकारी सार्वजनिक नगरे पनि यसको वारेमा समाचार सार्वजनिक भएका छन् ।
रिपोर्टका अनुसार कम्पनीले नयाँ क्रसओभर सी३एक्स उपलब्ध गराउने छ । यसको कोड नेम सीसी २२ राखिएको छ यो सीएमपी प्लेटफर्ममा निर्माण गरिने छ । यो कार कम्प्याक्ट वा मिड साइज सेग्मेन्टमा ल्याउने अनुमान गरिएको छ । यही प्लेटफर्ममा कम्पीले सी३ ह्याचब्याक र सी३ एयरक्रस पनि बनाएको थियो ।
यसमा एलईडी लाइट, आकर्षक डिजाइन, साधारण इन्टेरियर, सुरक्षाका लागि अत्यावश्यक फिचरसहित धेरै भेरिएन्टमा ल्याउनेछ । साथै यसमा १० इन्चको इन्फोटेनमेन्ट सिस्टम, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, स्टेयरिङ ह्विलमा कन्ट्रोल पनि दिइएको छ ।
कम्पनीले यसमा १.२ लिटर नेचुरल एस्पिरेटेड र टर्बो चार्ज इन्जिन विकल्प पनि उपलब्ध गराउनेछ । सो कार पेट्रोल इन्जिनमा मात्र ल्याइनेछ । यसका लागि हाइब्रिड वा अन्य इन्जिन विकल्प हुनेछैन ।
मिडिया रिपोर्टका अनुसार सिट्रोनले यो सेडान कार यो वर्षको अन्त्यसम्म वा अर्को वर्षको पहिलो चौमासिकसम्म भारतीय बजारमा ल्याउन सक्नेछ । यसको इलेक्ट्रिक भर्सन सन् २०२३ को अन्त्य वा २०२५ सम्ममा पेश गर्नेछ ।
सो कार भारतीय बजारमा मिड साइज भर्सनमा लन्च गरेमा होन्डा सिटी, मारुती सियाज, हुन्डाई भर्ना, स्कोडा स्लाभिया, फक्सवागन भर्टस जस्ता कारसँग प्रतिस्पर्धा गर्नेछ । तर यसलाई कम्प्याक्ट सेग्मेन्टमा ल्याइयो भने यसले मारुती डिजायर, हुन्डाई औरा, टाटा टिगोर, होन्डा अमेज जस्ता कारसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।
नेपालमा पनि सांग्रिला मोटर्सले सिट्रोनका कार बिक्री–वितरण गरिरहेको छ । हालै मात्र नेपाली बजारमा सी३ एसयूभी भित्रिएको छ । भविष्यमा नयाँ मोडल समेत उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।
तस्बिर : सिट्रोन सी३
सिट्रोनले आफ्नो लोकप्रिय एसयूभी मोडल सी५ एयरक्रसको नयाँ जेनेरेसन...
काठमाडौं – नेपालमा सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्स...
काठमाडौं– सिट्रोन गाडीको नेपालका लागि आधिकारिक वितरक सांग्रिला...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...