क्रेटाको प्रतिस्पर्धी बन्ने छ होन्डा एलिभेट एसयूभी, जुन ६ मा सार्वजनिक हुने

होन्डाको आगामी एसयूभी होन्डा एलिभेट मिडसाइज कार ६ जुनमा सार्वजनिक हुँदैछ र यो वर्षको तेस्रो त्रैमासिकमा लन्च गरिने छ ।

होन्डा एलिभेटको लम्बाई ४.२ देखि ४.३ मिटर हुनेछ र यो पाँचौ जेनरेसनको अपडेट भर्सनमा आधारित हुनेछ । सुरुमा यो १.५ लिटर ४–सिलिन्डर एनए भीटीईसी पेट्रोल इन्जिनमा बिक्री गरिनेछ, जसले १२१ पीएसको पावर र १४५ एनएमको टर्क जेनेरेट गर्नेछ ।

सो एसयूभी सीभीटी अटोमेटिक युनिटको रूपमा ६ स्पिड म्यानुअल ट्रान्समिसनसँग जोडिनेछ । नयाँ होन्डा एलिभेटले हुन्डाई क्रेटा, सुजुकी ग्रान्ड भिटारा, फक्सवागन टाइगुन र स्कोडा कुशाकसँग सीधा प्रतिस्पर्धा गर्नेछ ।

सो एसयूभीको एक्सटेरियर डब्ल्युआर–भीसँग एकदम मिल्दोजुल्दो हुनेछ । यसको लुकको बारेमा कम्पनीले हालसम्म खुलासा गरेको छैन ।

सो कारको मूल्य प्रारम्भिक ११ लाख भारु देखि सुरु हुनेछ । होन्डा एलिभेट १.५ लिटरको बलियो हाइब्रिड पेट्रोल इन्जिनको साथ बिक्री गरिनेछ ।

सम्बन्धित समाचारहरू

यी हुन् सन् २०२३ देखि बजारमा उपलब्ध नभएका कार

यी हुन् सन् २०२३ देखि बजारमा उपलब्ध नभएका कार

अप्रिल २०२३ देखि भारतमा सवारीसाधनका लागि नयाँ उत्सर्जन मापदण्ड लागू भएको...

होन्डा र निसान मर्जर प्रक्रिया पुरा, मित्सुबिशी अझै अन्योलमा

होन्डा र निसान मर्जर प्रक्रिया पुरा, मित्सुबिशी अझै अन्योलमा

होन्डा र निसान गठबन्ध प्रक्रिया पुरा भएको छ । यी दुई कम्पनीले एक महिनाअघि...

प्रतिस्थापन विधेयक असर : होन्डाले बढायो तीन मोटरसाइकलको मूल्य

प्रतिस्थापन विधेयक असर : होन्डाले बढायो तीन मोटरसाइकलको मूल्य

काठमाडौं – सरकारले केही दिन पहिले ल्याएको प्रतिस्थापन विधेयक पश्चात...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...